जनादेशका लागि जनतामा जानु प्रतिगमन होइन अग्रगमन: मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनहितका लागि संसद विघटन पछि चुनावमा जानु प्रतिगमन नभई अग्रगमन भएको बताउनुभएको छ ।

बागलुङको पश्चिम बुर्तिबङ बजारमा आयोजना केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनुभएको हो ।

गरिवको सरकार, भूमिहिनको सरकार, बेरोजगारी घटाउनको लागि बृहत योजना ल्याउने सरकार, वृद्धवृद्धाका लागि उत्तरदयी निति बनाउने पार्टी र त्यसको नेतृत्वमा देशलाई सम्वृद्धि तर्फ लैजाने सरकार नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालन गरिरहेको बेला, यसलाई असफल बनाउने खेलमा लागेकाहरु प्रतिगमनका मतियार भएको गुरुङले बताउनुभयो ।

नयाँ संविधानको रक्षा र कार्यान्वयन, देशलाई समाजवाद हुँदै साम्यवाद सम्म लैजाने सरकारको नेतृत्वलाई असफल बनाउन प्रयत्न गर्नेहरुले देशलाई अधोगति तर्फ लैजान थालेपछि संसद विघटनको विकल्प नभएको उहाँको भनाई थियो । ‘देशमा आफ्नै पार्टीबाट सरकार असफल बनाउने काम भयो, विदेशी शक्तकेन्द्र र यहाँका राजनैतिक नेताहरुलाई सरकारले गरेका राम्रा काम पनि मन परेन,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘सरकारको विरुद्धमा शणयन्त्र हुन थालेपछि यस्तो अवस्था आएको हो ।’

भारतले नाकबन्दी लाउँदा नझुक्ने सरकार, भारतले मिचेको भूमी फिर्ता ल्याउँन नेतृत्व थाल्ने केपी ओली नेतृत्वको सरकारलाई आफ्नै पार्टीबाट असफल बनाउने प्रयास भएको उहाँको भनाई थियो ।
आफुहरु जनतको बीचमा छौं, जनतको भावनाबाट नयाँ जनमत साटेर देशलाई अग्रगामी बनाउन चाहेको भन्दै मुख्यमन्त्री गुरुङले, समस्या माथी समस्या नथपेर, समाधान सहितको नयाँ रुपान्तरण चाहने सरकार नेपालमा आवश्यक रहेको बताउनुभयो । संविधान माथि ‘कु’ गरियो, असंवैधानिक कदम भयो भन्दै अनर्गल प्रचार गरिएको भन्दै उहाँले गणतन्त्र ल्याउने व्यक्तिले कहिलै गणतन्त्र मास्न नसक्ने बताउनुभयो । प्रचण्ड र माधव कुमार नेपाललाई स्वर्थका लागि अलग भएको भन्दै मुख्यमन्त्री गुरुङले जनतामाझ भ्रम छर्ने प्रयाशमा कहिलै सफल नहुने बताउनुभयो ।

नेकपाको सही लाइन ओलीले लिनुभएको छः केसी

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओलीपक्षद्धारा बुर्तिबाङ बसपार्कमा सभाको आयोजना गरिएको छ । कार्यक्रममा वत्ताका रुपमा रहनुभएका नेकपा केन्द्रिय सदस्य मनाकुमारी केसीले, नेकपा टुटफूट र विभाजन हुने होईन, सही नेकपा लाईनमा आफूहरु रहेको दावी गर्नुभएको छ ।

पार्टिको दुईतिहाई सरकार गठनभएपछि, पार्टिका नेताहरुले आफ्नो भाग र हिस्सा खोज्दा यस्तो अवस्था आएको भन्दै, नयाँ जनमतका लागि संसद विघटन भएको र यो प्रक्रिया लोकतान्त्रिक ढंगले, संबैधानिक तरिकाले र विधिसँबत भएको दावी गर्नुभयो । ‘केही साथीहरु पार्टि छाडेर सडकमा रन्थनिएको बताउँदै केसीले, आगामी बैशाखमा निर्वाचन तोकिएको छ । जनताले आफ्ना प्रतिनिधि चुन्ने अवसर छ त्यसबाट कोहीपनि भाग्न नहुने बताउनुभयो ।

ढाँटेर राजनीति हुँदैन : नगर प्रमुख नेपाली

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ओलीपक्षद्धारा बुर्तिबाङ बसपार्कमा सभाको आयोजना गरिएको सभामा बोल्दै, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले अव जनतालई ढाटेर राजनीति नहुने बताउनुभयो ।

केन्द्रमा संघीय सरकार, प्रदेशमा प्रदेश सरकार र स्थानीय तहमा आफू प्रमुख भएको सरकार हुँदाहुँदे, उसले ल्यएका नीति कार्यक्रमहरु लागु भइरहेको बेला केही फेशबुके नेताहरुले मैले गरें भनेर जनता झुक्याउने खेति गरिरहेको नेपालीले बताउनुभयो । लामो समयसम्म काँग्रेस सत्तामा थियो, त्यसवेलागाउँमा बाटोबनेनन्, जनताका घरमा पानीको धारा बनेनन् स्कुल बनेनन्, विजुली बनाइएन तर आज जनताका आधारभूत आवश्यकताहरु सम्बोधन हुँदैगर्दा अत्तालिएर झ्ठ्को खेति गर्न ति नेताहरु लागिरहेको आफूले देखेको बताउनुभयो ।

समाजमा भ्रम छरेर नेत हुँने होईन भन्दै नेपालीले सही र सत्य के हो जनताकोबीचमा टेबुल टक गर्न समेत चूनौति दिनुभयो । कम्युनिष्ट पार्टिमा टुटफूटको राजनीति फेरि सुरु भएको छ । यो दुखद, पक्ष भएको बताउँदै नेपालीले, आफ्नो पालिका र समग्र निसीभूजि तमानक्षेत्रलाई एकतावद्ध बनाएर सिंगोकम्युनिष्ट पार्टि बनाउने अभियानमा सबै लाग्न समेत आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *