मुस्ताङको आकाशमा प्रकृतिको डरलाग्दो स्वरुप

सुन्दरकुमार थकाली
जोमसोम— आईतबार मध्यान्हपछि सन्घ्याकालिन समयमा मुस्ताङको आकाशमा अनौठो प्रकारको डरलाग्दो प्राकृतिक स्वरुप देखिएको छ । मुस्ताङका स्थानीयले साझ देखिएको प्राकृतिक स्वरुपमा नियालेर आश्चार्य व्यक्त गरेका छन् । यसअघि मुस्ताङको आकाशमा यस्तो प्राकृतिक स्वरुप कहिल्यै नदेखिएको स्थानीय बताउछन् ।

मुस्ताङमा आईतबार दिनभर बेजोडले हावाहुरी चलेको थियो ।तर मुस्ताङमा बेजोडको हावाहुरी चल्नु कुनै अनौठो होईन तर हावा रोकिएपछिको सन्घ्याकालिन साझ भने प्रकृतिको स्वरुपले अनौठो रुपमा धारणा ग¥«यो ।

अनौठो प्रकारको प्राकृतिक स्वरुप यसअघि कहिल्यै मुस्ताङको आकाशमा नदेखिएको स्थानीयबासी बताउछन् । कुनै सुभसंकेतको स्वरुप हो वा विनाशको संकेत हो तर भर्खरै देखिएको प्रकृतिको स्वरुपको तस्विर मुस्ताङीको फेसबुकवाल भरी भरियो । सबैले घर बाहिर अनौठो प्राकृतिक स्वरुप निलाल्दै तस्विरमा कैद गर्न भ्याए ।

जलवायु परिर्वतनका कारण मुस्ताङमा यो सिजन हिउ पर्न सकेको छैन । कतिपयले यसलाई हिउ पर्ने संकेत भनेपनि प्रकृतिमा देखिएको अनौठो स्वरुपलाई सहज भने मान्न सकिन्न । मुस्ताङीहरु हिउको व्यग्र प्रतिक्षामा छन् तर हिउ पर्न सकिरहेको छैन ।

मुस्ताङको आकाशमा आज बिचित्रको दृष्य देखियो तर कसरी हुन गयो भन्ने अनुमान कसैले गर्न सकिरहेका छैनन् । मुस्ताङको आकाशमा २ वटा उल्का देखियो । जुन जमिनको धरातलबाट नियाल्दा केही ठुृलो र अर्को सानो थियो । यस्तै मुस्ताङको आकाशबाट हेर्दा दक्षिण—पूर्वतर्फको धवलागिरि हिमालको आसपासमा सेतो बादल भित्र पहेलो लेपन लगार्ईएको जस्तो बादलको मुस्लो फैलिरहेको देदिन्थ्यो ।

त्यो फैलिएको पहेलो रङ्ग मिश्रित आपसमा अलग/अलग हुदा समेत सेतो बादलमा पहेलो रङ्ग छुट्टिन सकेको थिएन । यस्र्तै निलगिरि हिमालको आसापासमा कालो बादलको डरलाग्दो स्वरुप देखियो ।एकातिर पूर्वतर्फ कालोमुस्लो बादल मडारिएको छ भने अर्कोतर्फ दक्षिण÷पश्चिममा पहेलो सुनले लेपन लगाएको जस्तै बादलको अनौठो स्वरुपले मुस्ताङीलाई आश्चार्य चकित तुल्याएको छ । यस्तो प्राकृतिको डरलाग्दो र अनौठो स्वरुप अहिलेसम्म कसैले नदेखेको स्थानीयहरुको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *