धनबहादुर गायकको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन

आदर्श अनलाइन, पोखरा
राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ ।

यो दाजुको मिरमिरे आँखा.., फूल मायामा नभुल..’ बेली र चमेली…’ लगायतका गीतका सर्जक गायकको पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उच्च रक्तचापका कारण अस्पतालको सघन उपचार कक्षमा ३ दिनदेखि उपचार गराइरहनुभएका उहाँको सोमबार बिहान करिब ८:३० बजे मृत्यु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

गायकले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा -१६ बाटुले चौरस्थित गन्धर्व पाठशालामा  गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत  सिकाउँदै आउनुभएको थियो  । उहाँकै  सक्रियतामा  बाटुले चौरमा ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ खुलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *