मृगौला पीडित थापाको उपचारमा सहयोग जुट्दै

आदर्श अनलाइन, बागलुङ
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार गराइराख्नुभएकी मृगौला पीडित रिता थापालाई सहयोग जुट्ने क्रम जारी रहेको छ । प्रवासी नेपालीहरुले विभिन्न देशमा सञ्चालन गरेको रिता थापा बचाउ अभियान अन्र्तगत हाल सम्म रु.चार लाख भन्दा बढी रकम सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका ३३ वर्षिया रिता थापाको दुवै मृगौला फेल भएर उपचार गराइराखेपनि थप उपचार गर्न अर्थअभाव भएपछि प्रवासी नेपालीबाट स्वातस्फूर्त रिता थापा बचाउ अभियान अन्र्तगत संंकलित रकम हस्तान्तरण गरिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण थापालाई उपचारमा धेरै खर्च लाग्ने भएपछि विभिन्न देशबाट राहत पठाउने अभियान अन्र्तगत बागलुङ समाज मलेसियाको तर्फबाट रु. ९० हजार , बागलुङ समाज कोरियाको तर्फवाट रु. एक लाख ७७ हजार हस्तान्तरण गरिएको छ । रिता थापा बचाउ अभियान अन्र्तगत जुटेको रकम वडा कार्यालयको रोहबरमा हस्तान्तरण गरिदै आएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

थापालाई यस अघि प्रवासी नेपाली हंकङ बाट रु. एक लाख ५२ हजार, अमेरिकाबाट रु. २५ हजार सहयोग हस्तान्तरण गरिसकिएको छ । दुई वर्ष देखि दुबै मृगौला फेल भई पोखराको आस्था अस्पतालमा उपचार गराईराख्नुभएका थापा उपचारमा आर्थिक अभाव भएपछि अहिले गाउँ फर्कनुभएको छ । परिवारका अनुसार थापाको उपचार शुरुमा औषधी र पछि सुईको माध्यमबाट औषधी दिएको भइरहेपनि अहिले डायलासिस बीधिबाट उपचार गर्नुपर्ने भएको छ ।

परिवारको तर्फवाट थापाको उपचारमा चार देखि पाँच लाख भन्दा बढी रकम खर्च भइसकेको र आगमी दिनमा पुन उस्तै खर्च लाग्ने भएपछि रेश सहित बागलुङ जिल्ला बाट विभिन्न देशमा पुगेका प्रवासी नेपालीहरुले सहयोग रकम जुटाएर पठाइरहनुभएको छ । थापालाई सहयोग आउन थालेपछि पुन डाइलासिस गर्नका लागि काठमाण्डौं जाने योजनामा हुनुहुन्छ ।

“शुरुमा रोग पत्ता लगाउनै समस्या भएका कारण उपचारमा ढिलाई हुँदा खर्च बढी भयो” मृगौला पीडित थापाले भन्नुभयो “सुईबाट औषधी दिदा निकै महङ्गो उपचार भएपछि घरमा आएको थिए, अब पुन डायलासिस गर्नेगरी उपचारमा जादै छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *