मुस्ताङको स्याङमा लोभलाग्दो दृष्यावलोकन पार्क

सुन्दरकुमार थकाली,जोमसोम
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङमा लोभलाग्दो पर्यटक पर्यटकीय दृष्यावलोकन पार्क निर्माण गरिएको छ । ओझेलमा परेको नमूना मुख्यमन्त्री कृषि गाउँ स्याङमा पर्यटक आर्कर्षित गर्ने उद्देश्यले झोनाधाङमा पार्क निर्माण गरिएको हो ।

घरपझोङ गापा र स्याङबासीको संयुक्त पहलमा पार्क निर्माण भएको हो ।बर्सेनि स्याउ ,उवा ,फापर ,सिमी र ताजा तरकारी उत्पादन गरी जिविकोपार्जन गर्दैआईरहेका स्याङबासीलाई पर्यटनसंग जोड्ने उद्देश्य स्थानीय तहले यो पहल गरेको हो ।

बर्सेनि ३ लाख बढीको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिने गरेपनि पर्यटकीय दृष्ट्रिकोणले स्याङ गाउँले कुनै आर्थिक लाभ लिन सकेको छैन । घरपझोङको एउटै वडा अन्र्तगत पर्ने पुथाङ एअरपोर्टमा पर्यटकीय गुल्जार हुँने गरेपनि त्यही वडाको अर्को गाउँ स्याङ भने ओझेलमा परेको हो ।

अघिकांश थकाली समुदायको बस्ती रहेको स्याङमा करिव १ सय ८० घरधुरी छन् ।कृषि र पशुपालनमा आश्रित स्याङबासीलाई पर्यटनसंग जोड्न गतवर्ष देखि क्रमागत रुपमा घरपझोङ र स्याङ गाउँसमाजले बजेट उपलब्ध गराउदै आएको वडाध्यक्ष महेन्द्र थकालीले जानकारी दिए । आर्थिक वर्ष गाउँपालिकाले पार्कसहितको संरचना निर्माणका लागि २० लाख र चालु वर्ष बेनी/मसोमको मुख्य राजमार्ग देखि पार्कस्थल सम्म पुग्ने रेलिङसहितको फुट ट्रेल निर्माणका लागि थप १९ लाख बजेट बिनियोजन गरेको उनले बताए ।

कालिगण्डकी करिडोरको पश्चिमतर्फको मुख्य राजमार्ग देखि माथिको भिरालो सतहको अग्लो स्थान झोनाधाङमा जमिन सम्याएर पार्क निर्माण गरिएको हो ।पार्क निर्माणका लागि स्थानीयले आवश्यक बजेट संकलन गरी स्थानीय तहसंग पूर्वाधार निर्माणमा साझेदारी गरेका हुन् ।अन्नपूर्ण संरक्षणक्षेत्र अन्तर्गत पर्ने स्याङ गाउँमा मुस्ताङको कृषि ,सास्कृतिक,धार्मिक र जैविक विविधताको पहिचान झल्किने गरी पर्यटकीय दृष्यावलोकन पार्क निर्माणको काम अघि बढाईएको हो । पार्कमा मुस्ताङमा पाईने वन्यजन्तु नाउर र स्याउको राजधानीको पहिचान झल्काउने स्याउको अलग/अलग मूर्ती प्रतिस्थापन गरिएको छ ।

घरपझोङ—३ का स्थानीय भीम रसाईलीले पर्यटकीय हिसाबले ओझेलमा परेको स्याङ गाउमा पर्यटक लक्षित दृष्यावलोकन पार्क निर्माण हुनु महत्वपूर्णकार्य भएको र यसले पर्यटक आर्कषणमा टेवा पुग्ने बताए ।यहाँको पर्यटनसंग यहाँको मौलिकता पस्किएर गरिएको पूर्वाधार निर्माणले स्थानीयको जिवनस्तर उकास्न मद्यत पुग्ने उनले उल्लेख गरे ।

झोनाधाङ पार्कमा कंक्रिटबाट बनाईएको २ वटा गोल्डेन र रोयल डेलिसियस जातको स्याउको ठुलो मूर्ती र एक नाउरको मूर्ती राखिएको छ । यस्तै ,पार्कको माथिल्लो भागमा गुरु रिपोर्छेको मूर्ती प्रतिस्थापन गरिएको छ । तामाद्धारा अग्लो कदको उक्त रिपोर्छेको मुक्ति स्थानीय अयन्द्र थकालीले आर्थिक सहयोग गरेका छन् । मुस्ताङमा अधिकांशले बौद्ध धर्म मान्ने भएकाले गुरु रिपार्छे प्रतिको धार्मिक आस्था प्रगाढ छ । सदियौं वर्ष भारतबाट तिब्बतमा राक्षसको बध गर्न जाने क्रममा रिपोर्छै मुस्ताङ हुँदै तिब्बत पुगेको किवंदन्ती छ । उपल्लो मुस्ताङको मराङमा रिपोर्छैको ऐतिहासिक गुम्बा छ ,जुन नेपालकै पहिलो गुम्बाको रुपमा परिचित छ ।

घरपझोङ—३ स्याङकी स्थानीय सुजिता परियारले सदरमुकामसंग जोडिएको भएपनि स्याङ गाउ पर्यटकीय रुपमा ओझेलमा परेको दुखेसो सुनाईन् । उनले गाउँमा करिव १ सय ५० भन्दा बढी घरधुरी रहेको र सबैले परम्परागत कृषि कर्म गर्दै आईरहेको उल्लेख गरिन् । गाउँको आर्थिक विकासका लागि पर्यटनसंग जोड्न गाउँबासी र स्थानीय तहले पर्यटन पूर्वाधार निर्माणको काम अघि बढाएकाले अबका दिनमा स्थानीयको जिवन स्तरमा परवर्तन आउने विश्वाश व्यक्त गरिन् ।

बेनी—जोमसोम सडकको मुख्य राजमार्ग देखि करिव १ सय ५० मिटरको दुरीमा रहेको स्याङको झोनाधाङ पार्कमा पुग्ने पर्यटकले कालिगण्डकी करिडोर ,वारागुङ मुक्तिक्षेत्रको कागबेनी ,निलगिरि हिमाल लगायतका पालिका भित्रको ५ वटै गाउँहरु अवलोकन गर्न सकिनेछ ।स्थानीय उपभोत्ता समिति मार्फत निर्माण गरिएको उक्त पार्कको भौतिक संरचनाको अधुरो काम कोरोना कहरका रोकिएको थियो ।

पार्कको अधुरो काममा फागुन देखि सुरुआत गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार पार्क संरचना निर्माण संम्पन्न भएपछि स्याङ गाउँको स्थानीय जनकल्याण युवाक्लवलाई हस्तान्तरण गरिने बताईएको छ ।मुख्यमन्त्री नमूना कृषि गाउँको रुपमा सुचिकृत स्याङ गाउँमा पछिल्लो समय पर्यटक लक्षित ५ घरधुरीले सुरुआती फोला होमस्टे संञ्चालन गर्दैआईरहेका छन् ।स्याङ गाउमा पार्कसंगैसंगै धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरु समेत रहेको स्थानीय बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *