कोरोना संक्रमित अहिले अस्पतालमा भन्दा होम आइसोलेसनमा बढी छन् । परिवारमा रहँदा उचित रेखदेख, मनोवल उच्च हुने र छिटो संक्रमणबाट मुक्त हुने विश्वासले संक्रमितले होम आइसोलेसन रोजेको पाइन्छ । होम आइसोलेसनमा बस्नेहरुले उचित स्वास्थ्य मापदण्ड पुरा नगर्दा संक्रमितलाई त जोखिम हुन्छ नै, समुदाय स्तरमा तिव्र गतिमा संक्रमण फैलने सम्भावना समेत हुन्छ । होम आइसोलेसनलाई कसरी व्यवस्थित गराउने ? संक्रमितको मनोबल कसरी उच्च बनाउने ? यसबारे आदर्शकर्मी साधना पन्तले बागलुङ नगरपालिकाका नगर स्वास्थ्य अधिकारी रामप्रसाद खनालसँग कुरा गर्नुभएको छ ।
रामप्रसाद खनाल
नगर स्वास्थ्य अधिकारी
पछिल्लो समय कोरोनाको महामारी दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय कोरोना संक्रमितको मात्र होइन,कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ । परिस्थिति गम्भिर बन्दै गएको समयमा मानिसहरु अझ धेरै सचेत र सजग हुनु आवश्यक हुन्छ । (कोभिड–१९) कोरोनालाई संक्रमितले सामान्य सोच्दा र गम्भिर रुपमा नलिदा आफ्नो र परिवारको मात्र नभएर अन्य व्यक्तिहरुको स्वास्थ्यमा समेत समस्या आउन सक्दछ । त्यस कारणले कोरोना संक्रमित, संक्रमितको हेरचाहमा खटिएका र उनीहरुको परिवार सबै भन्दा धेरै सजग रहनु पर्दछ ।
कोरोनाको संक्रमण श्वास प्रश्वासको माध्यमबाट सजिलै हुन सक्ने भएकाले कोरोना संक्रमितलाई आइसोलेसनमा राख्नुपर्छ भनिएको हो । यो रोग जो कोहीलाई पनि लाग्न सक्दछ । त्यस कारणले रोग लाग्न नदिनका लागि उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ । कोरोना संक्रमण भइहाल्यो भने पनि त्यसलाई पराजित गर्न आफु र आफ्नो परिवार साथिभाईलाई सुरक्षित गर्नका लागि अनिवार्य रुपमा आइसोलेसनमा बस्नै पर्ने हुन्छ ।
के हो होम आइसोलेसन ?
आइसोलेसन भनेको सामान्य भाषामा बुझ्दा एकान्त बास हो । आइसोलेसनमा बस्ने प्रमुख कारण संक्रमित आफु सुरक्षित हुनुको साथ साथै आफुमा भएको संक्रमित परिवार समुदायमा फैलिन नदिनु हो । त्यसकारणले कोरोना संक्रमण भएका मानिसहरु सके सम्म अस्पतालकै आइसोलेसनमा बसेको राम्रो हुन्छ । तर,कोरोना संक्रमण भएता पनि स्वास्थ्य अवस्था समान्य भएका मानिसहरु होम आइसोलेसनमा बस्न सकिन्छ । होम आइसोलेसनमा बस्दा संक्रमित र संक्रमितका परिवारहरुले धेरै साबधानी अपनाउनु पर्छ । स्वास्थ्य मापदण्डहरु अपनाएर मात्र होम आइसोलेसनमा संक्रमितलाई राख्नु पर्छ ।
कसरी अपनाउने सतर्कता ?
होम आइसोलेसनमा संक्रमितलाई राख्दा कोठा उज्यालो र खुल्ला हुनुपर्दछ । कोठामा प्रयाप्त हावा आउनका लागि झ्याल खुल्ला राख्नु पर्दछ । संक्रमितले प्रयोग गर्ने शौचालय अन्य मानिसहरुले प्रयोग गर्नु हँुदैन । यदि प्रयोग गर्नै परेमा संक्रमित शौचालय गएर आएपछि शौचालयका ढोका झ्यालहरु सबै खुल्ला राखेर सेनिटाइज गर्नु पर्दछ । संक्रमितले छोएको ढोका, चुकुल, हिँड्ने बाटोको भित्ताहरु सबै ठाउँमा सेनिटाइज गर्नुपर्छ । होम आइसोलेसनमा बसेका मानिसहरुको वरिपरी परिवारका अन्य सदस्यहरु जानु हँुदैन् । संक्रमितको हेरचाह गर्ने मानिसले धेरै साबधानी अपनाउनु पर्छ । संक्रमितको नजिक जाँदा माक्स, गलब्स, चस्मा वा फेस सिल्डको अनिवार्य प्रयोग गर्नुपर्दछ । उनीहरुको नजिक जाँदा २ देखि ३ मिटरको दुरीमा १५ मिनेट भन्दा कम बस्नु पर्दछ ।
होम आइसोलेसनामा बसेका मानिसहरु मात्र होइन,उनीहरुको रेखदेखमा खटिएका व्यक्तिहरु घर बाहिर निस्कनु हँुदैन । अनाबश्यक मानिसहरु संग भेटघाट गर्ने सम्पर्कमा आउने काम गर्नु हुदैन । काम परेमा फोनबाट वा समााजिक सञ्जालबाट कुराकानी गर्नु पर्दछ । संक्रमित र उनीहरुको सम्पर्कमा रहेका व्यक्ति घरमा रहेका जेष्ठ नागारीक, मुटु रोगी, उच्च रक्तचाप भएका मानिस, मधुमेह रोगी, बालबालिका, गर्भवती र सुत्केरी महिला सम्पर्कमा आउनु हुँदैन ।
संक्रमितको सम्पर्कमा आएको अनिवार्य परीक्षण गर्नुपर्छ
संक्रमितको परिवारका सबै सदस्यहरुले अनिवार्य कोरोना परीक्षण गर्नुपर्छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुले लापरबाही गरेमा कोरोना समुदाय स्तरमा फैलने जोखिम बढ्ने भएकाले संक्रमितको सम्पर्कमा आएका मानिसहरु क्वारेन्टिनमा बस्ने र कोरोना परीक्षण गर्नुपर्छ । कोरोना परीक्षण नगरेको खण्डमा कम्तीमा ५ दिन सम्म होम क्वारेन्टिन बस्नुपर्ने हुन्छ । यसबीचमा संक्रमित सँग पुनः सम्पर्कमा आउनु हुँदैन ।
खानपान र फोहोर व्यवस्थापन
होम आइसोलेसनमा बसेका संक्रमितलाई पोषिलो खानेकुरा खुवाउनु पर्छ । उनीहरुलाई प्रयाप्त पानी, झोलिलो खानेकुरा, फलफुल, प्रोटिनयुक्त खानेकुरा खाना दिनुपर्दछ । संक्रमितले प्रयोग गरेका भाँडाहरु सकेसम्म संक्रमितलेनै माझ्नु पर्दछ । संक्रमितले प्रयोग गरेका माक्स गलब्स, खाना खाने पेपर पिलेटहरुलाई सुरक्षित किसिमले खाल्टो खनेर गाड्नु पर्दछ । संक्रमितले प्रयोग गरेका सामाग्रीहरु जथाभाबी फाल्ने वा सिधै फोहोर फाल्ने ठाउँमा फाल्दा अन्य व्यक्तिलाई संक्रमण हुन सक्ने प्रबल सम्भावना हुन्छ ।
समय समयमा स्वास्थ्य परामर्श
संक्रमितको दिनमा २ पटक ज्वरो जाँच गर्नुपर्छ । ज्वरो आएको खण्डमा चिकित्सक संग सल्लाह लिनु पर्छ । कोरोना संक्रमितको स्वास्थ्य अवस्था समय–समयमा सोध्ने र अन्य कुनै रोगको औषधी सेवन गर्ने संक्रमित हो भने समय–समयमा औषधी सेवन गराई राख्नु पर्दछ ।
संक्रमितका परिवारका सदस्यले पटक–पटक साबुन पानीले २० सेकेन्ड सम्म मिचिमिची हात धुनु पर्दछ । संक्रमितले सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । संक्रमित दैनिक ८ घण्टा सुत्नु पर्दछ । नियमित रुपमा सुत्ने र उठने समय मिलाउनु पर्दछ । दैनिक रुपमा शारीरिक व्याम, मेडिटेसन गर्ने, किताब पढ्ने, मनोरञ्जन मिल्ने सामग्रीको अध्ययन गर्ने भिडियो हेर्ने र सकरात्मक कुरा पढ्ने, सुन्ने र सोच्ने गर्नु पर्दछ ।
संक्रमितलाई माया, हौसला र उत्प्रेरणा
कोरोना संक्रमितलाई हौसला दिनका लागि परिवारको भूमिका महत्वपुर्ण हुने भएकाले परिवारका सदस्यले संक्रमितलाई माया, सद्भाव र सान्त्वना दिनु पर्दछ । उनीहरुको मनोबल उच्च बनाउनका लागि सकारात्मक कुराकानी गर्नु पर्दछ । होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्दछ । यदि स्वास्थ्य मापदण्ड अनुरुप काम गरिएको छैन भने होम आइसोलेसनले नै कोरोना महामारीलाई फैलाउने मुख्य केन्द्र बन्न सक्दछ । त्यसकारणले संक्रमित, परिवार, र स्थानीय निकायले यसलाई कसरी सुरक्षित व्यवस्थापन गर्ने भनेर बुभ्mन जरुरी हुन्छ ।