मुस्ताङमा एक हप्ते मतदाता अद्यावधिक कार्यक्रम सार्वजनिक

सुन्दरकुमार थकाली, जोमसोम
आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनका लागि हिमालपारिको जिल्ला मुस्ताङमा मंगलबार मतदाता अद्यावधिक (दावी विरोध ) कार्यक्रम सार्वजिक भएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले निर्वाचन कार्यक्रमलाई तिब्रता दिलाउने उद्देश्यले प्रशासन ,सुरक्षा निकाय ,राजनितक दल ,कर्मचारी ,स्थानीय तह,नागरिक समाज र पत्रकार लगायतको टोली समक्ष एक हप्ते कार्यक्रम सार्वजनिक गरेको हो ।

सो अवसरमा मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले आसन्न संघीय मध्यावधि निर्वाचनका लागि कार्यालय अघि बढाएको निर्वाचन कार्यक्रम तथा मतदाता अद्यावधिक कार्यक्रमलाई व्यापक प्रचार÷प्रसार गर्दै जनताको घरदैलो सम्म पू¥याउनु पर्ने बताईन् । उनले मतदाता नामावली अद्यावधिक कार्यक्रम सार्वजिक भइसकेकाले यसमा रहेका त्रुटी कमिकमजोरी सच्याउनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरिन् ।

सरकारले पुस ५ गते प्रतिनिधि सभा भंग गरी नयाँ जनादेशको मिति तोकेको र सो बिषयको मुद्धा अदालतमा विचाराधीन रहँदै गर्दा निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन कार्यक्रम अघि बढाएको हो । आयोगको परिपत्र बमोजिम जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक –दावी विरोध ) कार्यक्रम सार्वजनिक गरी ५ वटै तहमा सहायक नाम दर्ता अधिकारी खटाएको जिल्ला निर्वाचन अधिकारी सुशिला पौडेल दाहालले जानकारी दिईन ।

कार्यालयले स्थानीय तहमा कार्यरत ५ औ तहको कर्मचारीलाई सहायक नाम दर्ता अधिकारीको रुपमा नियुक्त गरेको हो । नियुक्ति पाएका सहायक नामदर्ता अधिकारीलाई कार्यालयले मतदाता अद्यावधिक अभिमुखिकरण तालिम ,आवश्यक निर्वाचन सामग्री र दस्तावेजसहित कार्यक्षेत्रमा खटाईएको छ । यसका लागि. संम्वन्धित स्थानीय तहमा रहेका मतदाता नामावली अद्यावधिक (दावी ÷विरोध )कार्यक्रम संम्पन्न गरी एकसाता भित्र जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाउन सहायक नामदर्ता अधिकारीलाई अख्तियारी दिईएको छ ।यस्तै, स्थानीय तहमा मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रममा छुटेका मतदाताले जिल्ला निर्वाचन कार्यालयमा पुगेर पनि दावी विरोध सच्याउन सक्ने जनाईएको छ ।स्थानीय तहमा संकलन भएको विवरण तथा कार्यालयमा दर्ता भएको मतदाता अद्यावधिक विवरण माघ २६ गतेसम्म आयोगमा पठाईसक्नु पर्ने कार्यालयले जनाएको छ ।

स्थानीय तहमा नियुक्त भएका सहायक नामदर्ता अधिकारीले माघ १५ गते संम्वन्धित स्थानीय तहका मतदाताहरुको विवरण सार्वजनिक गर्ने र उक्त सार्वजनिक भएको मतदाता नामावलीमा नाम र विवरण त्रुटी भएमा सच्याउन ,दोहोरो नाम हटाउन निवेदन दिनसक्नेछन् । मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचित गर्नुपर्नेछ । यसका लागि कार्यालयले ३ दिनको समयसीमा निर्धारण गरेको छ । यस्तै ,कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरी सोका लागि उक्त अवधिमा निर्वाचन कार्यालय वा स्थानीय तहमा उजुरी दिन सक्ने कार्यालयले जनाएको छ ।

२०७४ सालको संघ तथा प्रदेश निर्वाचनमा कायम भएको मतदान केन्द्रलाई यथावत राखिएको छ भने मुस्ताङको लोघेकर दामोदरकुण्ड—३ को ध्येमा केन्द्र स्थान्तरण र थासाङ —४ को झिप्रा देउरालीमा थप १ मतदान केन्द्र थपका लागि आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *