सकियो सूचना विभागद्वारा संचालन भएको दुई दिने पुर्नताजगी तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङका पत्रकारका लागि मंगलबारदेखि सुरु भएको २ दिने पुनर्ताजगी तथा अन्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

सुचना तथा प्रसाण विभागको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा संचालित तालिममा बागलुङका १२ जना पत्रकार सहभागिता थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै सुचना तथा प्रशारण विभागका निर्देशक सुमन बज्राचार्यले विभागले यो वर्ष पहिलो तालिम बागलुङमा संचालन गरेको बताउनुभयो ।

उहाँले यस्ता खालका तालिमले पत्रकारहरुलाई आफ्नो कार्यसम्पादनमा थप मदत गर्ने भन्दै पुराना पुराना अनुभवलाई पुनर्ताजगी हुने बताउनुभयो । पत्रकारले तालिम लिने मात्र होईन लिएका तालिमलाई व्यवहारमा उतानुपर्नेमा जोड दिनु भयो ।

तालिमका प्रशिक्षक पाटन क्याम्पसका सह–प्रध्यापक विजय मिश्राले प्रशिक्षार्थीहरु सक्रिय रुपमा सहभागी भएको भन्दै उहाँले यो तालिम नौलो र पत्रकारले गरिराखेका, सुनिराखेका कुरालाई पनर्ताजगी गराउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबी तिवारी, नेपाल पत्रकार महासंघ मुस्ताङका संस्थापक अध्यक्ष भिम रसाईली र नेपाल पत्रकार महासंघ म्याग्दीका कोषध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो । शिविर बिहिबारसम्म संचालन हुने छ । विशिरबाट बागलुङ, म्यागदी, पर्वत र मुस्ताङका पत्रकारहरु लाभाम्वित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *