आदर्श सञ्चारद्वारा बरेङमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बरेङ गाउँपालिका समन्वय उपसमितिका सचिव शेयर सदस्य देवदत्त शर्माका पिता तथा शेयर सदस्य रेमकला शर्माका ससुरा बरेङ गाउँपालिका–२ हुग्दिशिर निवासी छविलाल पौडेल शर्माको निधन भएको १० औं दिनको पुण्य तिथि पारेर बुधबार श्रद्धाञ्जली सभा सहित मृतकका आफन्तलाई राहात रकम हस्तान्तरण गरेको हो ।

संस्थाका बेरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजक देवीदत्त शर्मा, सदस्यहरु गिरी बहादुर पुन, झोम बहादुर पुन, पे्रम गिरी र प्रेम प्रसाद शर्माले सदस्यको परिवारको निधनमा प्रदान गरिने मृत्यु राहात स्वरुप रु १० हजार रुपैयाँ स्वर्गीय छविलाल पौडेल शर्माका छोरालाई हस्तान्तरण गरिएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय २० जना शेयर सदस्य, ५ करोड २ लाख शेयर रकम, ३८ करोड बचत, ३३ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *