यसरी हुँदैछ बागलुङमा उपनिर्वाचन, कात्तिक २१ मा उम्मेदवारी दर्ता

आदर्श अनलाइन,बागलुङ
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ। कार्यतालिका अनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्नेछ।

२२ गते बिहान ११ बजेदेखि अपराह्न पाँच बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ। त्यस्तै, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।

प्रदेशसभातर्फ बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ छ। बाग्लुङ क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीमगरको मंसिर २७ गते दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। उनी वाममोर्चाको गठबन्धनतर्फबाट निर्वाचित जनमोर्चाका सांसद थिए।

स्थानीय तह तर्फ हुने उपनिर्वाचनका लागि कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने र कात्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मंसिर १ गते चुनाव चिह्न प्रदान गरिनेछ।

बागलुङमा वडाध्यक्षको पनि निर्वाचन हुनेछ। बडीगाड गाउँपालिका २ बाट वडा अध्यक्षमा निर्वाचित भुसाल जिल्ला समन्वय समितिका उपप्रमुख निर्वाचित भए पछि रिक्त छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *