बेनीबाट अस्थाई रुट परमिट जारी गर्न सुरु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीका यातायात व्यवसायिलाई अस्थाई रुट परमिट लिनका लागि बागलुङ पुग्नुपर्ने झण्झट हटेको छ । पुर्वाधार विकास कार्यालय म्याग्दीले सवारी साधनको अस्थाई रुट परमिट जारी गर्न थालेसंगै यस अघि बागलुङ गएर अस्थायी रुट परमिट लिनुपर्ने बाध्यता हटेको हो ।

गण्डकी प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्रालयको २०७७ मंसिर ८ गतेको सचिब स्तरीय निर्णय अनुसार म्याग्दी र पर्वत स्थित पुर्वाधार बिकास कार्यालयबाट अस्थाई (पटके) रुट परमिट जारी गर्ने निर्णय भएको थियो ।

सो निर्णय अनुसार बेनी स्थित पुर्वाधार कार्यालयले मंगलबार देखि पटके रुट परमिट जारी गर्न सुरु गरेको कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो । इजाजत पाएको भन्दा बाहिरी क्षेत्रको सडक प्रयोग गर्दा सवारी साधनले प्रतिकिलोमिटर रु. दुईका दरले पटके रुट परमिट लिनुपर्ने नियम छ ।

“मन्त्रालयले मौजुदा कर्मचारीबाटै काम गर्ने गरि पकटे रुट परमिट जारी गर्ने अधिकार दिएको छ,” पुर्बाधार बिकास कार्यालयका प्रमुख पौडेलले भन्नुभयो “यातायात ब्यवस्था र सेवा कार्यालय नभएको जिल्लामा पुर्बाधार बिकास कार्यालयलाई पटके रुट परमिट दिने जिम्मेवारी प्रदान गरिएको छ ।”

यसअघि बाहिरी जिल्लाबाट यहाँ आउने र यहाँबाट बाहिर जाने सवारी साधनका लागि अस्थाई रुट परमिट लिनका लागि यातायात ब्यवस्था कार्यालय बागलुङ पुग्नुपर्ने समस्या थियो । बागलुङ जान अपायक पर्ने र असुबिधा हुने गरेको थियो । यो सुबिधाबाट धौलागिरी क्षेत्रका सडकमा गुड्न अनुमति पाएका सवारी साधन पोखरा लगायत जिल्लामा जाने क्रममा अस्थाई रुट परमिट लिन सहज हुने अपेक्षा गरिएको छ । निलगिरी यातायात प्रा.लीका अध्यक्ष बिजय थापाले बेनीमै पटके रुट परमिट पाउने सुबिधाले ब्यवसायीलाई सहज भएको बताउनुभयो ।

“पोखरा जाने क्रममा पटके रुट परमिट लिन बागलुङ पुग्नुपर्ने अथवा जरिवाना तिर्नुपर्ने समस्या हटेको छ,” उहाँले भन्नुभयो “कार्यालय समय भन्दा बाहिरको समयमा पनि अस्थाई रुट परमिट दिने सुबिधा भए अझै प्रभावकारी हुने थियो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *