लोकप्रिय गायक खत्री र अनुपाको ‘सुनीमाया’ सार्वजनिक

आदर्श अनलाइन,बागलुङ

लोकप्रिय गायक बिष्णु खत्री र अनुपा थापाको ‘सुनिमाया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पञ्चेबाजामा आधारित गीतमा गायक खत्रीको शव्द, लय तथा स्वर छ । जसमा आवाजमा गायिका अनुपा थापाले साथ दिएकी छिन् । नेपाली लोक संगीतमा शव्द लेखन, लयं संकलन र आवाज सबै बिधामा कलाकार खत्री निकै अब्बल मानिन्छन् ।

काखमा बसी रुनी मायाले
कसो गरी कटाई हौली जुनी मायाले, मेरी सुनीमायाले ।


यस गीतको म्युजिक भिडियो गायक खत्रीको जन्म गाउँमा छायांकन गरिएको हो । गलकोट नगरपालिका ७ मल्म टार्घामा छायांकन गरिएको गीतको एरेञ्ज पनि गलकोट मल्मकै लोकप्रिय संगीतकार आशिष अविरलले गरेका छन् ।

सुमधुर क्रियशन प्रालिको तयार गरेको गीतको गीतको म्युजिक भिडियो होम गुरुङले निर्देशन, मोडेल सारिका केसी र रविन अधिकारीको अभिनय र नाँच छ ।

सदावहार गायकको रुपमा स्थापित खत्रीका भरिया दाई, किसानी दाई, नयाँ जमाना, जम्मु काश्मिरमा लगायतका अनगिन्ती गीत र सिर्जना दर्शक, श्रोताका माझ लोकप्रिय छन् ।
गीतको म्युजिक भिडियो तल हेर्नसक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *