नगर अस्पताल जग्गा खरिद गर्न शर्माद्वारा जन्मदिनमा १ लाख सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर-१३ पैयूँपाटाका भविश्वर शर्माले आफ्नो जन्मदिनको अवसरमा बागलुङ नगर अस्पतालको जग्गा खरिदका लागि १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नु भएको छ ।

नगर अस्पताल निर्माणको लागि सरकारले आफ्नो गाउँलाई छनौट गरेको भए पनि जग्गा अभाव भएपछि आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माण गर्नको लागि थोरै भए पनि सअयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको शर्माले बताउनुभयो ।

अस्पतालको भवन निर्माण समितिका सदस्य समेत रहेका शर्माले अस्पताल निर्माणको लागि छनौट गरिएको स्थानमा आफ्नो जमिन नभएका कारण नगद सहयोग गरेको बताउनुभयो । ‘गाउँमा अस्पताल बन्दा सबैलाई सहज हुन्छ,’ शर्माले भन्नुभयो ‘अझ धेरै यहाँका जेष्ठ नागरिक, महिला, बालबालिका र अपाङगता भएकाहरुलाई सहज हुन्छ त्यसैले राम्रो काममा सबैले सहयोग गर्नुपर्छ ।’

नगर अस्पताल निर्माणको लागि ९ रोपनी जग्गा खरिद गरेर डिपीआर समेत तयार गरिसकेको बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।
‘खरिद गरिएको मध्ये ७ रोपनी जग्गाको मात्र पैसा तिरेका छौ,’ पौडेलले भन्नुभयो ‘अझै २ रोपनीको पैसा तिर्न बाँकी छ, त्यसैले सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *