गलकोटको आँगाखेतमा श्री कृष्ण भैरव आँखा उपचार केन्द्र

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–७ आँगाखेतमा बिहीबार देखि आँखा उपचार केन्द्र सुरु भएको छ । गलकोट समाज रुपन्देहीका उपाध्यक्ष तथा आँखा रोग विषेशज्ञ डाक्टर सल्मा केसीको पहलमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो ।

नियमित आँखाको उपचार गर्नको लागि गाउँमा आँखा उपचार केन्द्र नहुँदा सामान्य समस्या पनि जटिल भएर गलकोट बासीले आँखाको ज्वती गुमाउनु परेको भन्दै माइती गाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको डाक्टर केसीले बताउनुभयो । उहाँले गलकोटमा पटक पटक आँखा शिविर सञ्चालन गर्दै आएको भन्दै नियमित चेकजाँचको लागि उपचार केन्द्रको आवश्यकता देखेर सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘पछिल्लो ८ वर्षमा पटक पटक शिविर सञ्चालन ग¥र्याे, हरेक शिविरमा २ हजार भन्दा बढी विरामीको चेकजाँच गथ्र्याै ६० जना भन्दा बढीको मोतिया विन्दुको अप्रेसन गथ्र्याै,’ डाक्टर केसीले भन्नुभयो, ‘स–साना समस्या पनि समयमा उपचार नहुँदा ठुलो रुप लिन्थे, अब सबै समस्या हट्नेछन् ।’

भैरहवामा रहेको श्री कृष्ण नेत्रालयमा कार्यरत डाक्टर केसीले सोही नेत्रालयबाट आँखा उपचार केन्द्र सञ्चालनको लागि आवश्यक प्राविधिक र उपचार सामग्री समेत सहयोग लिएर गलकोटमा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।

गलकोट नगरपालिका, वडा कार्यालय र स्थानीय सँगको समन्वयमा रेडक्रसको भवनबाट श्री कृष्ण भैरव आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *