बागलुङ जेसीजको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

आदर्श अनलाइन, बागलुङ
बागलुङ जेसीज वर्ष २०२१ को नयाँ निर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको छ ।
गत माघ ५ गते सम्पन्न बागलुङ जेसीजको शाखा अधिवेशनबाट निर्वाचित आनन्द रेग्मी नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । बागलुङ जेसीज वर्ष २०२० का अध्यक्ष सुरेन्द्र शाक्यले २०२१ का लागि निर्वाचित अध्यक्ष रेग्मीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक अभियानमा खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जय श्रेष्ठ, वर्तमान राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति जब्बरबहादुर लामिछाने, सत्यदेवी स्मृति पुरस्कार कोषका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा बागलुङ जेसीजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट युवा सम्मानबाट कोरोना कहरमा जनप्रतिनिधिको रुपमा उल्लेख्य भूमिका निर्वाह गर्न सफल बानपा १ का वार्ड सदस्य सुर्य लामिछानेलाई पुरस्कृत गरिएको थियो । यसैगरी, बागलुङ जेसीजका संस्थापक श्याम श्रेष्ठ र पूर्व अध्यक्ष केशव वझाले संयुक्त आफ्ना दिवंगत माता पिताको स्मृतिमा स्थापना गरेको चन्द्र तारा अवार्डबाट पूर्व अध्यक्ष रमेश राजभण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२० का अध्यक्ष सुरेन्द्र शाक्य तथा वर्तमान अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता, महासचिव प्रकाश आचार्य र लिडर्स अध्यक्ष सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *