जुवा खेलेको आरोपमा निसीखोलामा लेखापाल सहित ६ पक्राउ

आदर्श अनलाइन, बागलुङ

जिल्लाको निसिखोला गाउँपालिकाबाट जुवा खेलेको आरोपमा गाउँपालिकाका लेखापाल सहित ६ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले विषेश सुराकीको आधारमा शुक्रबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिम चौरझारी नगरपालिका–१० घर भई हाल निसिखोला गाउँपालिका–२ बस्दै आएका निसिखोला गाउँपालिकाका लेखापाल ३३ वर्षिय खगेन्द्र बुढा मगर, निसिखोला गाउँपालिका–२ जुग्जाखोलाका ३८ वर्षिय मोहन बस्नेत, २९ वर्षिय कपिल भन्ने गम बहादुर खत्री, ३४ वर्षिय रेशम छन्त्याल, २२ वर्षिय खगेन्द्र कुँवर र ३८ वर्षिय रोशन छन्त्याल रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले २३ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको र आइतबार जिल्ला सरकारी वकिलको कार्यालयबाट म्याद थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्