विद्युत सेवा प्रभावकारी बनाउँदै नेपाल विद्युत प्राधिकरण बागलुङ

थम्मन थापा, गलकोट
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ ।

प्राधिकरणले गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरेको छ । विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी प्रभावकारी बनाउने उद्देश्यले आवश्यकता अनुरुप कार्य सम्पादन गरिरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

केन्द्रीय विद्युत उपभोग गर्ने ग्राहकहरुको संख्या वृद्धि हुँदै गएपछि ट्रान्सफर्मरको लोड व्यवस्थापन गर्नको निमित्त मल्म ठुलचौतारामा २५ केवि क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नयाँ ट्रान्सफर्मरको एक कार्यक्रमका बिच नेपाल विद्युत पा्रधिकरण बागलुङका प्रमुख शिव नारायण गोशेलिले स्विच अन गरी सेवा सुभारम्भ गर्नुभएको थियो । उक्त ट्रान्सफर्मरबाट मल्मको अर्बेदि, खालि र टोकरीका झन्डै ५० घर धुरी लाभान्वित भएका छन ।

वडामा विद्युतिकरणलाई प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गरि जनताको दैनिकिमा सहजता ल्याउन केहि समय आगाडि वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर र अन्य विद्युतका सामग्रीहरु माग गरेको गलकोट नगरपालिका वडा न ७ का अध्यक्ष सुबेदार टिका बहादुर थापाले बताउनुभयो ।

वडालाई गत वर्ष देखि काठको पोल मुक्त बनाइएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, जनप्रतिनिधी, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो । मल्ममा वि.सं. २०६८ सालदेखि केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *