मुस्ताङका ३ तहमा समुदाय/प्रहरी साझेदारी कार्यक्रम

सुन्दरकुमार थकाली मुस्ताङ

मुस्ताङमा प्रहरीको एक महिने लामो समुदाय /प्रहरी साझेदारी कार्यक्रम संम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा जिल्लाको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउपालिकामा समूदाय÷प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतका विभिन्न कार्यक्रम भएको हो ।

एक प्रहरी नायव उपरीक्षक , दुई प्रहरी उपरीक्षकसहित कुल ३ सय १३ जना प्रहरी दरबन्दी रहेको मुस्ताङमा हाल १ सय ८२ जना प्रहरी छन् । मुस्ताङको ५ स्थानीय तहमा दरबन्दी अनुसार प्रहरी जनशक्ती अभाव हँुदा जिल्लाका १९ प्रहरी ईकाईमा प्रहरी संख्या कम भएको हो ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा अपराधिक गतिविधि तथा बिकृति÷बिसङ्गतीका घटना न्युन हुँने गरेपनि उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएकाले मुस्ताङ जिल्ला संम्वेदनशील जिल्लाको रुपमा लिने गरिन्छ ।

प्रहरी प्रधान कार्यालयले घोषणा गरेको समुदाय÷प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मुस्ताङ प्रहरीले पुस देखि माघसम्म विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । सभ्य समाज, सुशासन र अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले कार्यक्रम गरेको हो ।

सभ्य समाजले मात्र सुन्य अपराध निर्माण गर्न सकिन्छ भन्ने अभिप्रायले मुस्ताङ प्रहरीले सक्रियता बढाएको हो ।

मुस्ताङ प्रहरीले पर्यावरण जोगाउन बृक्षारोपण ,धार्मिक स्थलहरुको सरसफाई ,कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धि जनचेतना ,प्रहरी युनिटको क्षमता विकास ,ट्राफिक जनचेतना ,लागुऔषध दुव्यसनी र त्यसले समाजमा पु¥याउन सक्ने असर,जुवातास,मादक पदार्थ सेवन ,लागु औषध ,गुण्डागर्दी तथा सांगठित अपराध ,यौन हिंसा,अभ्रद व्यवहार ,छुवाछुत, सामाजिक अपराध ,महंगी र बरोजगारले समाजमा सृजना गर्नेसक्ने अपराधिक गतिविधिलाई न्यूनिकरण गर्ने उद्देश्यले मुस्ताङ प्रहरीले अन्तरक्रिया कार्यक्रम संम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

‘अपराध न्युन जिल्लामा प्रहरी सुतेर बसेको छैन ,हिउँदयामको जाडो मौसममा समेत प्रहरीले गर्नुपर्ने काम कर्तव्य र उत्तरदायित्व जिम्मेवारीपूर्वक निर्वाह गरेका छौं , समुदाय—प्रहरीबीचको समन्वयात्मक भूमिकाले समाज रुपान्तरण हुन्छ भन्ने विश्वासका साथ लागि परेका छौं, प्रनाउ भण्डारीले भने ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरको बृहत सरसफाई गरेको छ । प्रहरी र पुराङ रानीपौवाबासी मिलेर मुक्तिनाथ मन्दिरको फोहोर व्यवस्थापन र १०८ धारा र कुण्डमा जमेका बरम पानी उप्काएर सहज बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रताप पौडेलले जानकारी दिए । उनले प्रहरी एक्लैले अपराध नियन्त्रण तथा सुशासन कायम गर्न नसक्ने र यसका लागि समुदाय स्तरको सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

प्रहरीले थासाङ—३ को लेतेमा अवस्थित धौलागिरि प्राविधिक शिक्षालयका बिद्यार्थीलाई लागु औषध संम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।यस्तै ,प्रहरीले समाजमा अपराधजन्य घटनाको मुल कारकतत्वको बिषयमा समेत स्थानीय आमासमुह ,युवा क्लव र स्थानीय तहसंग अन्तरक्रिया गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *