कोरोना खोप, प्रति असर र बुझाई

सम्पादकीय
कोभिड १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ व्यग्र प्रतिक्षाका बीच नेपालमा आएको छ । र अहिले पहिलो प्राथमिकतामा रहेका फ्रन्टलाइनरहरुलाई धमाधम खोप लगाउने क्रम चलिरहेको छ । भारत सरकारले १० लाख खोप अनुदानमा प्रदान गरे पछि अग्रपंक्तिमा अविचलित खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, कोरोना संक्रमित भई मृत्यु भएकाहरुको अन्त्येष्टिमा बाहन चलाइरहेका चालक लगायतलाई खोप दिइएको छ । बागलुङमा पनि १० दिनको समय तालिका बनाएर गत माघ १४ देखि धौलागिरी अस्पतालमा खोप दिने क्रम जारी छ । खोप लगाउनमा धेरै उत्साहित भएर अभियानमा सरिक छन् । तर, यसको केही संशय र सामान्य प्रति असर पनि छिटफुट देखिन थालेको छ ।

देशमा पहिलो पटक सञ्चालित अभियान ‘कोभिशिल्ड’नामक खोप जिल्लाकै डा.सागर राजभण्डारीले पहिलो पटक लगाएर देशव्यापी रुमपा सकारात्मक सन्देश प्रवाह गरे । कोरोना खोपको बहुप्रतिक्षामा रहे पनि खोपका विषयमा सुरुमा थुुप्रै संशय बाँकी थियो । त्यसलाई चिर्ने कामको पहिलो अभियानकर्तामा डा.राजभण्डारीले दर्ज गरे । उनले कोरोना खोप आफुले पहिलो पटक लगाएको र यसको आफुमा प्रति असर नभएको अनुभूति पनि सुनाए । त्यस यता फ्रन्टलाइनरहरु कोरोना विरुद्धको खोप लगाउन उत्साहित देखिएका छन् । यद्यपि, कोरोना खोप मृत भाइरसबाटै निर्माण गरिएकाले केहीमा कुनै प्रभावहरु देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि स्विकार्दछ । खोप लगाएपछि कसैमा सामान्य असर देखिएको र त्यो असर केही समयपश्चात् आफैं हराएर जाने गरेको मन्त्रालयले जनाएको छ । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने जस्ता सामान्य असर देखिने गरेको छ ।

कोरोना विरुद्धको यो नयाँ खोप हो । कतिपयले यो खोपका विषयमा ठुलो संशय राख्दै परीक्षण स्वरुप आएकाले जोखिम भएको भ्रम बाँडिरहेका छन् । त्यो तथ्यपरक विषय होइन । तथ्य र सत्य विषय त यो हो कि कोरोना विरुद्धको लामो पहल, प्रयत्न पछि खोप पत्ता लागेको छ । जसको पटक पटक बिभिन्न परीक्षण गरिएको छ । त्यो सफल भए पछि धेरै देशमा लगाउन सुरु गरिएको छ । यसकारण यहाँ परीक्षण स्वरुप लगाउन लागिएको विषय अफवाह बन्न सक्छ । फेरी यो संवेदनशील विषय हो । कोरोना विरुद्धको सुरुवाती यस खोप अभियान यस्ता अफवाहरुले प्रभावित बन्ने जोखिम पनि छ । अतः यो बेलामा हामी सबै जिम्मेवार र संवेदनशील बनौ । खोप अभियान सफल बनाउन भूमिका खेलौ र अब आम नागरिकलाई पुग्ने खोप ल्याउन सरकारलाई दबाब दिऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *