बीमा बापतको रकम पीडितलाई हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तान गरेको छ । कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालिका वडा नम्बर २ रुद्रेपीपलका मधु नेपालीको परिवारलाई घरमै पुगेर विमा योजना अन्तर्गतको दाबी भुक्तानी गरेको हो ।

कम्पनीको नियमानुसार बीमा दावी भुक्तानी अन्तर्गत मृतकका परिवारलाई आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर ४ प्रमुख सुर्यप्रसाद घिमिरेले रु. १० लाख ३० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

नेपालीले कम्पनीमा ऐजेन्सी म्यानेजर ममता शर्माको संयोजनमा रु. १० लाखको जीवन विमा गर्नुभएको थियो । उहाँले विमा बापतको प्रथम किस्ता प्रमीयम स्वरुप ६६ हजार मात्र कम्पनीलाई बुझाएको बागलुङ शाखाले जनाएको छ ।

दावी भुक्तानी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घिमिरेले आई.एम.ई लाईफ विमितहरुको सुख दुःखमा सधै साथमा रहेको बताउदै जोखिम सुरक्षाका लागि विश्वाससिलो सेवा दिन कम्पनी सधै तत्पर रहेको बताउनु भएको थियो । कार्यक्रमा एरिया मेनेजर शिवप्रसाद शर्मा, सिनियर एजेन्सी मेनेजर जीवन काउचा थापा, मनिता खड्का, निर्मला शर्मा लगायत आई.एम. ई लाइफ का अन्य अभिकर्ताहरु लगाएतको उपस्थिती रहेको थियो ।

आई.एम.ई लाइफले २०७४ कार्तिक ८ गते देखि बाग्लुङमा कार्यालय संचालन गरि बीमा कारोबार गरिरहेको छ । कम्पनीले जनताहरुलाई विमाको महत्व बुझाउँदै उत्कृष्ट बीमाका सेवा तथा व्यापार बाग्लुङ शाखाका प्रमुख इन्द्रा शर्मा सापकोटाले जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *