माघमै खुल्यो विद्यालय

सुन्दरकुमार थकाली, जोमसोम
हिमाली तथा उच्चपहाडी जिल्लाको प्राकृतिक मौसमी विशेषता हाे चिसाे हुने र हिउँ पर्ने ।हिउँदयाममा अधिकांश हिमाली क्षेत्रमा हिउँ पर्ने गर्छ तर यस वर्ष पहिलेकाे जस्ताे हिमपात नभएकाे पाइएकाे छ ।

याे समय मुस्ताङमा अत्यधिक जाडो र हिमपात हुने गर्छ । अत्याधिधक चिसाे हुने भएपछि मुस्ताङका अधिकांश स्थानीय जाडो छल्न बेसी झर्ने गर्छन् भने यहाँका पुरै विद्यालयलाई हिउँदे बिदा दिईने गरिएको छ ।

हिउँदे बिदा दिईएका मुस्ताङका विद्यालय पुस र माघ महिना पुरै बन्द हुन्छन् । उपल्लो मुस्ताङका केही सामुदायिक ,निजी र गुम्बा विद्यालयले भने हिउँदमा विद्यार्थीलाई बेसी स्थान्तरण गरेर घुम्ती कक्षा संञ्चालन गर्छन । हिउँदे विदापछि यहाँ फागुन लागेपछि मात्र नयाँ शैक्षिक सत्रको पढाई सुरु हुन्छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्तिक महिनामा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भयो । यसपछि पालिकाका ८ सामुदायिक र दुई निजी विद्यालयको पठन÷पाठन प्रभावित बन्यो । कोरोना जोखिम कायमै रहेको र हिउँदे बिदा नजिकै गरेकाले घरपझोङ गापाले कार्तिक २९ गते ५ वटै वडाका शैक्षिक संस्था बन्द ग¥यो । घरपझोङ,वारागुङ र थासाङका विद्यालय मंसिर महिनाको अन्तिममा हिउँदे बिदा हुने गथ्र्यो ।यो वर्ष कार्तिकमै बन्द भएका ५ स्थानीय तहका विद्यालय मध्ये घरपझोङले हिउँ पर्ने याममै पहिलो पटक विद्यालय संञ्चालन गरेको छ ।

हिमाली जिल्ला मुस्ताङका अन्य स्थानीय तहका विद्यालय हिउँदे बिदामा रहँदै गर्दा घरपझोङ गाउँपालिकाले भने माघ १८ गते आईतबारबाट विद्यालय संञ्चालनमा ल्याएको जनाएको छ । मुस्ताङमा बर्सेनि जाडो याममा ४५ दिन हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी २ महिना पुरै विद्यालय बन्द गरिन्थ्यो । घरपझोङ गाउपालिकका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले चालु शैक्षिक सत्रमा कोरोना जोखिमका कारण हिउँदे बिदालाई संम्वोधन हुने गरी बिद्यालय बन्द गरिएकोमा विद्यार्थीको शैक्षिक पठन/पाठनलाई पुर्णता दिलाउने उद्देश्लले माघमै बिद्यालय संञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए ।उनले कोरोना कहरका कारण करिव ८५ दिन बिद्यालयको पढाई प्रभावित भएको र पछिल्लो समय मुस्ताङमा मौसम सफा रहेको र हिउँ पनि नपरेकाले साविक निर्णय बमोजिम बिद्यालय खुलाईएको जानकारी दिए ।

मुस्ताङकै ईतिहासमा माघ महिनामा बिद्यालय संञ्चान भएको यो पहिलो रेकर्ड हो ।कोरोना कहरमा सरकारले वैकल्पिक प्रणाली अन्र्तगतको शिक्षा संञ्चालन गर्न अनुमती दिएपनि मुस्ताङमा भौगोलिक विकटताका कारण रेडियो तथा टेलिभिजन र अनलाईन माध्यमको दुर शिक्षा संञ्चालनमा कठिनाई हुँदा पठन÷पाठन अवरुद्ध बनेको थियो ।

कोरोना कहरले सिर्जित लामो समय देखि अवरुद्ध रहेको शैक्षिक पठन÷पाठनलाई अघि बढाउन घरपझोङ गापाले आईतबारबाट विद्यालय खुलाएको जनहित माविका प्रअ रामचन्द्र अधिकारीले जानकारी दिए । उनले बर्सेनि पुस र माघमा विद्यालय बन्द हुँने गरेको भएपनि बिद्यार्थीको पढाईलाई मध्यनजर गर्दै पाठ्यक्रमले निर्दिष्ठ गरेका उद्देश्य पुरा गर्न विद्यालय खोल्नु परेको बताए । मुस्ताङमा जाडो अत्यधिक रहेको र संम्भावित हिमपातको संम्भावना रहेपनि बिद्यार्थीलाई आवश्यक सुरक्षा र सर्तकता अपनाएर पठन÷पाठन सुचारु गरिने प्रअ अधिकारीले उल्लेख गरे ।

मुस्ताङको घरपझोङ गाउपालिकाले माघ महिनामै बिद्यालय खोलेपनि जिल्लाको थासाङ ,वारागुङ,लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकाले फागुन महिनामा विद्यालय खोल्ने जनाएका छन् । विश्वव्यापी माहामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण जोखिमले गत चैत्र देखि मुस्ताङका ६४ वटा विद्यालयको शैक्षिक पठन/पाठन प्रभावित बनेको थियो ।

सरकारले गत असोजमा बिद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर पठाई संञ्चालन गर्न गराउन अनुमती दियो । सरकारले निर्देशन अनुसार विद्यालय खोल्न अनुमती पाएपनि मुस्ताङका कतिपय विद्यालयले कोरोना कहरका कारण राम्ररी शैक्षिक पठन/पाठन संञ्चालन गर्न पाएनन् ।कोरोना कहरले बिद्यार्थीको शैक्षिक पाठ्यक्रम अपेक्षा गरिएअनुरुप अघि बढ्न सकेको थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *