दीर्घ ग्यास्ट्राइटिस समस्या

जीवन शाक्य

पृष्ठभूमि
ग्यास्ट्राइटिस नेपाली जनमानसको आम स्वास्थ्य समस्या हो । कतिपय मान्छेहरुले यसैको कारण अल्सर, क्यान्सर भएर अप्रेशन पनि गरेका छन् । खाना खाइसके पछि पेटको माथिल्लो बीच भागमा, खाना खानु अघि या पछि लामो समय सम्म पेट पोल्नु, जलन हुनु, दुख्नु, खाना धेरै खान नसक्नु, पेट ढाडिनु, डकार बढी आउनु, कहिले उल्टी आउनु, दिशा कालो आउनु, अल्सर भएर रगत बान्ता हुनु, चिल्लो पिरो अमिलो नुनिलो खाने वित्तिकै बढी पोल्ने जलन हुने, अमिलो पानी कालो रगत मिसिएको मुखमा आइराख्नु, डकार आइराख्नु सबै दीर्घ ग्यास्ट्राइटिसको कारण हो । यहि समस्या बल्झिएर रगत बान्ता हुने वा दिसा कालो आउने गरि अल्सर हुन्छ र विस्तारै क्यान्सर पनि । यसको कारणले कुपोषण, श्वासप्रश्वास समस्या, रक्तअल्पता, रोग प्रतिरोधात्मक शक्ति कम भएर अन्य धेरै सरुवा रोग लाग्ने सम्भावना पनि त्यतिकै हुन्छ ।

फिजियोलोजी (शरीरमा हुने क्रिया)
हामीले खाना खाएपछि पेटको माथिल्लो ग्याष्टिक भागमा एसिड अम्ल र पेप्सिन भन्ने खाना पचाउने इन्जायम निस्कने गर्छ । पेप्सिनले शरीर बनाउने प्रोटिनलाई टुक्रा–टुक्रा गरि पचाउने कार्यमा सहयोग गर्दछ भने एसिडले पनि अन्य खानाहरु सबैलाई पचाउने कार्यमा सहयोग गर्दछ । तर पटक–पटक गलत खानपान, खानपानमा सरसफाई कम, गलत सोचाई, लामो समयको चिन्ता तनाबले बढी एसिड र पेप्सिन निस्कन्छ । जसले ग्याष्ट्रिक भागको भित्री सतहमा रहेको झिल्लीलाई नोक्सान पु¥याएर झिल्लीमा सुजन गराउने, घाउ गराउने हुन्छ । फलत् झन बढी एसिड र पेप्सिन निस्कन्छ र झिल्लीमा थप बढी सुनिने, घाउ गराउने हुन्छ । जसले माथि भनिएका लक्षणहरु हुने समस्या सिर्जना गराउँछ । घाउ अल्सर भनेको धेरै समयको अन्तरालमा हुने समस्या हो तर वास्ता नगर्दा पछि क्यान्सर पनि हुन्छ ।

कारण
पटक–पटकको गलत खानपान, चिन्ता तनाव नै ग्यास्ट्राइटिसको मुख्य कारण हो । यस बाहेक भान्छामा सरसफाइमा ध्यान नपु¥याउँदा र हुलमुल भएको ठाउँमा बसोबास गर्दा हेलिकोब्याक्टर जीवाणुको कारणले एक्कासी ज्वरो सहितको ग्यासटाइटिस हुन्छ । यसको बेलैमा उपचार नभएर वा निको नभए लामो समय सम्म पनि बल्झेर रहे दीर्घ ग्यास्ट्राइटिस पनि हुन्छ । दीर्घ चिन्ता तनावका कारण आफ्नै शरीरको कुनै भागलाई नोकसान पु¥याउने अर्थात् पेटको ग्याष्ट्रिक भागमा बढी एसिड र पेप्सीन निकाल्ने आउटो इम्युन ग्यास्ट्राइटिस पनि हुन्छ । अर्को लामो समय सम्म कुनै पनि दीर्घ रोगहरु लागेको छ भने पनि यो समस्या हुन्छ । जस्तैःलामो समय सम्मको जायरडियसिस, अमिवियसिस, क्यान्सर, पित्त थैलीमा पत्थर, लिभर सिरोसिस, टिवी, चिनी रोग आदि । लामो समय सम्म पेटको झिल्लीमा चोट पु¥याउने दुखाई कम गर्ने औषधीको सेवनको कारण पनि दीर्घ ग्यास्ट्राइटिस हुन्छ ।

गलत खानपान भन्नाले अम्लिय खाना, चिल्लो पिरो अमिलो, नुनिलो र छिट्टै चिनी बन्ने पाउरोटी डोनट, विस्कुट, मिठाइहरु बढी खाने, तेलमा पकाएका खाजाहरु, पोके पन्तुरे तयारी खाजाहरु खाने, रक्सी चिसो जन्य पदार्थ जस्ले बढी अम्लियपन बढाउँछ । यो बढी खाएर पनि हो । धुम्रपान, मद्यपान गर्ने, खैनी, सुर्ति, गुट्का आदि खाने, समयमा खाना नखाने सबैले अम्लियपन बढाउँछ । पच्नलाई कम्तिमा ६,८ घण्टा भन्दा बढी समय लाग्ने अन्न जन्य, गेडागुडी मासुजन्य खाना खाजा पहिला खाने, त्यसपछि धेरै छिटो पच्ने अमिलो वा मिठाई जन्य खानेकुरा वा छिट्टै पच्ने फलफुलहरु खाने गर्दा खाना बढी पेट आन्द्रामा सड्ने, हावा बढी उत्पादन भएर बढी डकार आउने समस्या धेरै पटक भए पनि समस्या बल्झिने हुन्छ । दिसा कस्सिने गरि पानी कम खाने । खाना खाए लगत्तै वा बीचमा र अगाडी खाना नपच्ने गरि पानी पिउने गर्दा पनि अम्लियपन बढ्न्े हुन्छ । खाना दुषित खाने, खाना पचाउने काँचो सलाद आइटम खाना खानु अघि नखाने गर्दा पनि अपचले ग्याष्टाइटिस समस्या बढाउँछ साथै सकारात्मक सोचाई र सजगता बढाउने योग व्यायाम ध्यान केहि नगर्ने मान्छेहरुमा नकारात्मक स्वभावका कारण चिन्ता तनाव भएर अम्लियपन बढी भई दीर्घ ग्यास्ट्राइटिस हुन्छ ।

लक्षण र निदानः
खाना खाइसके पछि पेटको माथिल्लो बीच भागमा र खाना खानु अघि या पछि लामो समय सम्म पेट पोल्नु, जलन हुनु, दुख्नु, खाना धेरै खान नसक्नु, पेट ढाडिनु, कहिले उल्टी आउनु, दिशा कालो आउनु, अल्सर भएर रगत वान्ता गर्नु, चिल्लो पिरो अमिलो नुनिलो खाने वित्तिकै बढी पोल्ने जलन हुने, अमिलो पानी डकारको रुपमा आउने सबै दीर्घ ग्यास्ट्राइटिसको लक्षण भएकोले विरामीको यस्तो लक्षणहरुको इतिहासबाट पनि छुट्याउन सकिन्छ । तर कहिले काँही पित्त थैलीको पत्थरले भएको ग्यास्ट्राइटिसलाई छुट्याउन कठिन हुन सक्छ ।

माथि भनिएका लक्षण बढी देखिन्छ । पित्तथैलीमा पत्थर परेर दीर्घ ग्याष्ट्रिक हुने भएकोले ज्वरो आउने, दाहिने कोखा दुख्ने, दुखाई माथि सर्ने पनि हुन सक्छ तर यस्तो सबै लक्षण नहुन पनि सक्छ । विरामीको समस्याको इतिहासले रोग निदान गर्न चिकित्सकलाई सहयोग धेरै हुन्छ र तर वास्तविक कुन खाले ग्यास्टाइटिस हो, चिकित्सकले छुट्याउन रगत दिसा जाँच, एक्सरे इन्डोस्कोपी गराउन सक्छन ।

उपचार रोकथाम
 आजभोली चिकित्सकले धेरै थरि परीक्षण गराई ग्यास्ट्राइटिस बनाउने जीवाणु विरुद्धको परिजिवीकी अर्थात एन्टिवायोटिक औषधिहरु केहि हप्ता र अम्लियपन उत्पादन कम गराउने औषधिहरु उबलतयउचबशयभि, भकmयउभचबशयभि र एन्टासिड झोलहरु केहि महिना लगायत खानपानमा ध्यान दिन सिकाएको देखिन्छ छ तर जति खाए पनि निको भयो भन्नेहरु वा प्रायले लामो समय सम्म औषधी खाइरहेकै भेटिन्छन् ।

 उपचार बेलैमा गर्न पर्छ । समस्या हुन र दीर्घ बनाउन नदिनको लागि गलत खानपान, नकारात्मक सोच व्यवहारले बढी यो समस्या बल्झिने हुनाले खाजा नास्ता, खाने समय, तरिकालाई बढी ध्यान दिनु आवश्यक छ विहानको समयमा योग व्यायाम प्राणायामका साथै ध्यान गर्ने गरे छिटै समस्या समधान हुन्छ ।

 धुम्रपान, मद्यपान गर्ने गलत बानी व्यहोराहरुलाई समयमै सच्याउने गर्नै पर्दछ । विहानै र अघि पछि पनि चिनी चिया कफी पिउनुु हँुदैन । सके सम्म मासुजन्य खाना नखानु फाइदाजनक हुन्छ ।

 विहानै ट्वाईलेट जानु अघि मनतातो पानी खाने, त्यसपछि विहान अनार, मेवा, स्याउ, सुन्तला करिव आधा केजी, १२ बजे खाना खानु अगाडी सफा सलाद जसमा गाँजर, मुला, पालुङ्गो, धनियाँको साग, बन्दा, ब्रोकाउली उसिनेर खाने । करिव ३,४ सय ग्राम खानु राम्रो हुन्छ । त्यसपछि मात्र ताजा खाना खाने । बेलुकी पनि यसरी नै खाने गरे प्रायः क्यान्सर, सुगर, प्रेसर, थाइराइड आदिको लागि पनि औषधिको काम गर्छ ।

 साथै गर्भवति र सुत्केरी समय देखिनै रोग लाग्न नदिन आमा बन्ने महिलाहरुलाई परिवारको थप सहयोग, खानपानमा हेरचाहका साथै शिशु बाल अवस्था देखिनै तनाव झगडा होइन, माया प्रेम र राम्रो हेरचाह गर्नु, पारिवारिक संस्कार सिकाउनु, स्वस्थ बन्ने रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउने आधार तयार पार्नु हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *