बागलुङमा पाँच दिने निःशुल्क पत्रकारिता तालिम शुरु

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा बुधबारदेखि निःशुल्क पाँच दिने पत्रकारिता तालिम सुरु भएको छ । बागलुङ नगरपालिकासँगको समन्वयमा सञ्चालित तालिमबाट नयाँ पत्रकार उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

आगामी माघ २५ गते सम्म सञ्चालन हुने तालिमको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै जिसस प्रमुख ढुंगानाले समाज र देशको व्यथिति नियन्त्रणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

May be an image of 4 people, people standing, people sitting and indoor

‘पत्रकार बिनाको समाजको परिकल्पना गर्न सकिदैन,समाजमा समृद्धि, सुशासन, जवाफदेहिता, पारदर्शिताका लागि थप सशक्त बन्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि पत्रकारितामा नयाँ र सक्षम पत्रकार तयार गर्ने पत्रकार महासंघको कार्य प्रंशसनीय छ ।’

पछिल्लो समय पत्रकारितामा युवा पुस्ताको आकर्षण घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित र स्थापित गर्ने अभिप्रायले निःशुल्क रुपमा पत्रकारिता तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो ।

May be an image of 2 people, people standing, people sitting and indoor

‘बागलुङमा नयाँ पुस्तालाई पत्रकारितामा ल्याउने र बागलुङको पत्रकारितालाई थप सशक्त बनाउने अभियान हो’ अध्यक्ष शिरीषले भन्नुभयो, ‘बागलुङमा युवा पुस्ताको पत्रकारितामा आकर्षण घट्दै गएको अनुभुति गरेका थियौ, तर अहिले आधारभूत तालिममा उल्लेख्य सहभागिता छ, यसले पत्रकारितामा फेरी आकर्षण कायमै रहेको संकेत गरेको छ । सहभागी तीन दर्जन बढि मध्ये कम्तीमा आधा दर्जन पत्रकार अब उत्साही नयाँ पुस्ताको रुपमा आउनेमा आशावादी बनेका छौं ।’ शिरीषले तालिममा उत्कृष्ट हुनेलाई विभिन्न मिडियामा रोजगारीको अवसर प्रदान गर्नका लागि समन्वय समेत गर्ने बताउनुभयो ।

May be an image of 4 people, people sitting, people standing, indoor and text that says ""सक्षम पत्रकार, सशक्त महासंघ" पाच दिवसीय नि.शुल्क पत्रकारिता तालिम उद्घाटन AO सुमारोह माघ, हयोग नगरपालिका योजक: महासंघ, बागलुड"

कार्यक्रममा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले पत्रकारले सदैव नकरात्मक कुरा मात्रै नभई सकरात्मक, सिर्जनशील र रचनात्मक रुपमा पनि पत्रकारिता मार्फत खबरदारी गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।

May be an image of 4 people, people standing, people sitting and indoor

तालिममा जिल्लाका बिभिन्न स्थानका ३८ जना सहभागी रहेको नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापाले जानकारी दिनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, कार्यसमिति सदस्य नारायण रिजालको स्वागत मन्तव्य र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *