बरेङ गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाको लक्षण देखिएर पोखरा स्थित मेडिपल्स अस्पतालमा उपचाररत गाउँपालिका अध्यक्षलाई कोरोना पुष्टी भएको गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

स्वास्थ्य समस्याका कारण अस्पतालको सघन उपचार कक्षमा उपचाररत शर्माको मंगलबार कोरोना पुष्टी भएको थियो । गाउँपालिका अध्यक्ष शर्मालाई कोरोना भएपछि बुधबार उपाध्यक्ष दिल कुमारी पुनको अध्यक्षतामा बसेको गाउँपालिकाको आकश्मिक वैठकले गाउँपालिकाको अत्यावश्यक बाहेकाका सबै सेवा बन्द गर्ने, बरेङ गाउँपालिका–१ स्थित धुल्लु लिउवा माध्यामिक विद्यालय र धुल्लुबाँस्कोट स्वास्थ्यचौकीलाई २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै बरेङ गाउँपालिका अन्र्तगतका कार्यालय सबै सेवा अत्यावश्यक बाहेक सबै सेवा २६ गते सम्म बन्द गर्ने र माघ २६ गते सम्म गाउँपालिका भर सभा, समारोह, सार्वजनिक सुनुवाई, भेटघाट तथा पुजा पाठ स्थगित गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नर बहादुर बि.कले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *