चोरिएका जङ्गली जनावरका हाडछाला र अखेटोपहार फेला

आर्द अनलाइन, बागलुङ
चोरिएका जङ्गली जनावरको हाडछाला र अखेटोपहार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यही माघ ९ गते राति  पोखरा -१५ टुटुङ्गा स्थित वन विज्ञान अध्ययन संस्थानको  प्रयोगशाला भित्रबाट चोरी भएका जङ्गली जनावरको हाडछाला  र अखेटोपहार ४०० मिटर पश्चिम तर्फ बनपाले जंगल घाटको पधेरोमा फेला परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार उक्त स्थानबाट प्लास्टिक, जुटको बोरा र पछाडि बोक्ने कालो झोला भित्र बेवारिसे अवस्थामा चितुवाको छाला ४ थान, चितुवाका दाँत ,हाड र अखेटोपहार, चित्तलको सिङ २ थान तथा अन्य हाड अखेटोपहार फेला परेको डिएसपी हमालले बताउनुभयो ।

बेवारिसे अवस्थामा फेला परेका उक्त सामाग्रीहरू चोरी गर्ने व्यक्तीको खोजतलास भइरहेको कास्की प्रहरीले जनाएको छ  ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *