निसीखोला गाउँपालिकाबाट गर्भवतीको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिकाकी एक गर्भवती महिलालाई बिहिबार हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीकी २६ वर्षीया कुमारी घर्तीलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन समस्या भएपछि हेलिकप्टर मार्फत पाेखरा लगिएको वडा अध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सुत्केरी उद्धार कार्यक्रम अन्र्तगत घर्तीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको उहाँको भनाई छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मिलन मल्लले पाठेघबाहिर निस्केर अप्रेशन गर्नु पर्ने भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *