जुवा खेलेको आरोपमा ११ जना पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखरामा जुवा खेलेको आरोपमा प्रहरीले शुक्रबार ११ जनालाई पक्राउ गरेको छ ।पोखरा-९ नयाँबजार निवासी कृष्णलाल जोशीको घरमा शुक्रबार अबैध रुपमा जुवा खेलेको आरोपपमा प्रहरीेले ५९ हजार सात सय ५० रुपैयाँ, २१२ प्रति ताससहित ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-१४ का क्षेत्रबहादुर जिम्बा, पोखरा–३ का अर्जुन कार्की, पोखरा–९ का डिलबहादुर राई, पोखरा–४ का एकनारायण पाध्या, पोखरा–८ का दण्डीबहादुर थापा, पोखरा–१ का चित्रबहादुर गुरुङ, पोखरा–८ का कृष्णलाल जोशी, पोखरा–१४ का थमनबहादुर गुरुङ, पोखरा–४ का सन्तोष पाण्डे, पोखरा–९ का विष्णुबहादुर गुरुङ, पोखरा–११ का चिज गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसूर अन्तरगत जिल्ला प्रशासन कार्यालयबाट थप अनुसन्धानको लागि सात दिन म्याद थपिएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *