निसीखोलामा बाख्रागोठमा आगालागी, २५ बाख्रा जले

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ३ धारखर्कमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।
शुक्रबार बिहान आगलागी हुँदा स्थानीय विक्रम विकको २५ वटा बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बिहानको समयमा बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले बताए ।

‘पानी बसालेर म बाहिर गाको थिएँ, बाख्राको पाठोले अगो उछट्याए र आगो लागेछ, आउँदै सबै जलेर खतम भएछ,’ उनले भने ‘१५ वटा ब्याउने बाख्रा थिए, अरु साना–साना थिए, गोठ कहाँ थियो भन्ने पनि अनुमान गर्न नसकिने भएको छ ।’

बाख्रासँगै ६ वटा कुखुरा, ५० हजार नगदसहित गोठमा भएको सघाँसपात र दारपात सबै जलेर खारानी भएको पीडित विकको भनाई छ ।

आगलागीमा परि ११ वटा बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाईते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेछि विकले गाउँलेलाई वितरण गरेको बताए ।

आगलागीमा के कति क्षति भयो भन्ने यकिन नभएको भन्दै विवरण तयार हुँदै गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *