बडिगाडकी गर्भवतीकोे हेलिकप्टरद्वारा उद्दार


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका निवासी एक गर्भवतीको हेलिकप्टर मार्फत उद्दार गरी पोखरा लगिएको छ ।

सुत्केरी गराउनका लागि ढोरपाटन नगरपालिका स्थित बुर्तिवाङ स्वास्थ्य चौकी लगिएपनि अत्याधिक रक्तश्रावका कारण बुर्तिवाङ स्वास्थ्य चौकीले सुत्केरी गराउन नसकेपछि गर्भवतीको बडिगाड गाउँपालिकाको समन्वयमा हेलिकप्टर मार्फत उद्दार गरी गण्डकी अस्पताल पोखरा पाठाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंङ पाइजाले जानकारी दिनुभयो । तत्कालै सुत्केरी नगराए गर्भवती र शिशु दुबैको ज्यान खतरामा रहेको स्वास्थ्यकर्मीले बताएपछि उद्दार गरीएको पाइजाको भनाई रहेको छ ।

बडिगाड गाउँपालिका–५ धैरेनी निवासी २४ वर्षिय शान्ता घिमिरेलाई बुर्तिवाङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती तथा सुत्केरीको हवाई उद्दार कार्यक्रम अन्र्तगत उद्दार गरी पोखरा पठाइएको अध्यक्ष पाइजाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *