कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताउनुभयो ।

उहाँले कोरोना नियन्त्रण र आर्थिक संकट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भएपनि सरकारको ध्यान अन्तै गएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले जिल्लाको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सरकारले अहिलेको संकट टार्ने भन्दा सत्ता लम्बाउने खेल खेलेको बताउदै बारम्बर चुनावमा जादा नेपाललाई आर्थिक भार बढी पर्ने बताउनुभयो । उहाँले राणा, राजा फालेर ल्याएको गणतन्त्रमा समेत जनतालाई सुख नभएको प्रति दुखेसो व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनुभयो । यसलाई राष्ट्रिय जनमोर्चाले असंवैधानिक कदम भन्दै आएको नेता केसीको भनाई रहेको छ । राष्ट्रपतिले संसद विघटनलाई स्विकार गर्नुभन्दा पैला सल्लाह गर्नुपर्ने उहाँको धारणा रहेको छ । “प्रधानमन्त्री ओलीले बेमौसममा चुनाव गराउदा आर्थिक रुपमा देशलाई समस्या हुन्छ” नेता केसीले भन्नुभयो “विकास बजेट कटाएर चुनाव गराउदा देश भड्खालोमा जान्छ ।”

सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप रहेको छ । भारतले मिचेको नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी भुमी फिर्ता गर्नका लागि भारतले आनाकानी गरेको बताउनुभयो । ओलीले आफ्नै पार्टीको कुरा नमान्दा अहिले राजनैतिक अस्थिरता आएको बताउदै ओलीले गर्नै नहुँने काम गरेको उहाँको भनाई रहेको छ ।

भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ । भारतको इसारामा अहिलेको सरकार चलेको भन्दै संविधान जारी गर्नेबेलामा ओली प्रचण्डले राम्रो अडान कायम राखेपनि अहिले विस्तारै भारतको प्रभावमा सरकार पर्न थालेको पूर्व उपप्रधानमन्त्री केसीको भनाई रहेको छ ।

संघीयता सडयन्त्रको पोको हो भन्दै गएको राष्ट्रिय जनमोर्चाको कुरा अहिले आयर सावित हुँदै आएको भन्दै एउटै संसद चलाउन नसक्ने देशमा सात स्थानमा सरकार चलाउन कसरी सकेका छन्, यो कुरा जनताले बुझ्नु पर्ने अवस्था आएको छ । संघीयता नेपालले धान्न नसक्ने उहाँको जिकिर रहेको छ । ओलीले चालेको असंवैधानीक कदमको राष्ट्रय जनमोर्चाले खुलेर विरोध गर्ने उहाँको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *