सकियो बागलुङमा सञ्चालित निःशुल्क पत्रकारिता तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङ सदरमुकाममा आयोजित पाँच दिने निःशुल्क पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङले बागलुङ नगरपालिका सँगको समन्वयमा आयोजना गरेको तालिममा धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका ४० जनाको सहभागिता रहेको थियो ।

तालिमको आइतवार आयोजित समापन समारोहमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारिता मर्यादित पेशा भएको बताउनुभयो । पत्रकारिता गर्न जोखिम र चुनौतिपूर्ण भए पनि यसमा काम गर्नेहरुको योगदान र भूमिका स्मरणीय भएको उहाँको भनाई छ ।

पत्रकारिता पेशा सधै क्रियाशील र सिर्जनशील हुनु पर्ने पेशा व्यवसाय भएको भन्दै समाजलाई सही दिशा तर्फ निर्देश गर्न पत्रकारको अझ सशक्त भूमिका जरुरी भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले पत्रकारितामा पछिल्लो समय विकर्षण भएको चर्चा चलिरहेको बेला आयोजित तालिममा उल्लेख्य सहभागिताले यसलाई गलत सावित गरेको बताउनुभयो । पत्रकारितालाई थप सशक्त र सिर्जनशील बनाउन नयाँ पुस्ताको आगमन अपरिहार्य भएको अध्यक्ष शिरीषको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार उमाकान्त शर्मा, तालिममा सहभागी मध्येबाट कृतिका थापा क्षेत्री, दिवाकर सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभयो । समापन कार्यक्रम महासंघका सचिव राम थापा ‘अविरल’को संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *