फलेवास नगरपालिका–१० को वडा कार्यालय भवन शिलान्यास

सन्तोष क्षत्री, पर्वत
पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवन आइतबार शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना पछिको पहिलो कर्याकाल भएकोले आफुले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो ।

आफ्नो कार्यकालमै नगरपालिकाका ११ ओटै वडा निर्माण गर्ने प्रतिवद्द्ता गरेको भन्दै शर्माले ६ वटा शिलान्यास भैसकेको र बाँकी छिट्टै सकिने बताउनुभयो । नगर प्रमुख शर्माले प्रतिवद्द्ता गरेको समयमा वडा कार्यलय भवन निर्माणको काम सकेमा निर्माण कम्पनीलाई पुरस्कृत गर्ने प्रतिवद्द्ता पनि व्यक्त गर्नुभएको छ ।

नगरपालिकाको भित्री चक्रपथ, बाहिरी चक्रपथ निर्माणको क्रम सकिन लागेको भन्दै नगरप्रमुख शर्माले विकास निर्माणका कार्यगर्दा तत्कालभन्दा पनि दीर्घकालमा पनि उपयुक्त हुने गरी काम गरेको बताउनुभयो ।

No description available.

कालीगण्डकी जलाशय युक्त परियोजना निर्माण लागी फलेवास नगरपालिकाले पहल गरिरहेको भन्दै नगरप्रमुख शर्माले परियोजना सम्पन्न भएमा पर्वतसंगै बागलुङ र गुल्मी जिल्ला पनि प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा ६ कोठे भवन निर्माण गर्ने ठेक्का पाएको बिएमए निर्माण सेवाका प्रमुख सुनिल क्षत्रीले सम्झौता समय पहिला २०७८ सालको बैशाख मसान्तसम्म निर्माण कार्य सक्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो ।

No description available.

७९ लाख लागत रहने भवनको निर्माण सम्पन्न गर्ने सम्झौता अवधी २०७८ असार १५ सम्म रहेको नगरपालिका इन्जिनियर टन्क केसिले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका कार्यक्रम व्यवस्थापक देवि प्रसाद तिमिल्सिनाले नगरपालिका पुर्वाधार निर्माणमा केन्द्रित रहेको भन्दै सडक ,खानेपानी, सिचाइ लगाएतका जनताको आधारभुत आवश्यकता नै नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

फलेवास नगरपालिका–१० का वडा अध्यक्ष शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पर्वतका जिल्ला सचिवालय सदस्य प्रेम बहादुर राना, नेकपा फलेवास नगरपालिका सचिव शोभा क्षत्री, नेकपा फलेवास नगरपालिका–१० अध्यक्ष खडक बहादुर पौडेल क्षत्री, नेपाली कांग्रेस वडा सभापति अम्मर बहादुर क्षत्री, पर्वत उधोग बाणिज्य संघका कार्यसमिति सदस्य मीन प्रसाद शर्मा, वडा कार्यलयको जग्गा व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद शर्मा लगाएतले कार्यालय भवन निर्माणको लागि आवश्यक साथ सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो । वडा सदस्य गोबिन्द बहादुर क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संचालन वडा सचिव जय बहादुर श्रेष्ठले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *