विप्लव समूहका दुई नेता पक्राउ

आदर्श अनलाइन, बागलुङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेतालाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय हरिचौरको प्रहरी टोलीले माघ २४ गते राती पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–७ बाट नेपाल कम्युनिष्ट पार्टीका जनसरकार प्रमुख बागलुङको ढोरपाटन नगरपालिका–२ का ३० वर्षीय छमसेन भन्ने भुवन सेन र जिल्ला सदस्य मकवानपुर जिल्लाको बागमती गाउँपालिका–७ का ३१ वर्षीय प्रकाश माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान गरीने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *