सरोजराज पन्त
तातोपानीमा मानिसहरुको चाप बढ्दै छ । ग्याष्ट्रिक, वाथ, यूरिक एसिड, प्यारालाइसिस, पूर्ण निको, छालाको रोग आराम हुने अवस्था देखिन्छ । अहिले रोग र उपचारका तरिकाहरुमा परिवर्तन भएको छ । वाफ थेरापी गर्न सकिने र विभिन्न प्रकृतिका बिरामीलाई स्वास्थ्य लाभसँगै मनोरञ्जन समेत दिन सकिने भएकोले यस तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
स्वास्थ्य देश निर्माण र विकासको प्रमुख आधार खम्बा हो । मानिसलाई बलवान,शक्तिपूर्ण, विवेकशील बनाउनका लागि मानिसहरुको स्वास्थ्य राम्रो हुनु अपरिहार्य छ । यस अनुसन्धानको विषय सिंगा तातोपानीमा रहेका मानिसहरुका साथै यहॉको तातोपानी कुण्डमा डुब्न आउने मानिसहरुको स्वास्थ्य अवस्थाले सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा प्रभाव पारेको हो । तातोपानी कुण्डले नेपाली समाजमा मात्र नभइ छिमेकी राष्ट्र भारत, पाकिस्तान, बंगलादेश आदिमा समेत स्वास्थ्य र पर्यटनको क्षेत्रमा ध्यान खिचेको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि ९.५ कि.मी.को दुरीमा पश्चिम हुँदै म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्ड बेनी बजार देखि कच्ची मोटरबाटो भएर जानुपर्ने भएकोले छोटो दुरीमा पनि लामो समय लाग्ने गरेको छ । यो तातोपानी कुण्ड काठमाण्डौबाट २९७ किमी छ भने पोखराबाट ९२ किमीको दूरीमा रहेको छ । तातोपानी कुण्डको इतिहास कालमा खानेपानी धाराको व्यवस्था, कुण्डको ढाँचा, गुम्सिने व्यवस्था, शौचालयको व्यवस्था, नदी नियन्त्रण र बाटो आदिको अभाव थियो । विभिन्न ठाँउबाट नुहाउन पाल्नु हुने पाहुनाहरु होटल लजको अभावले सबै ओडार र टहरामा खाने, बस्ने गर्नु पर्दथ्यो । त्यसपछि मानिसको आउने क्रम बन्द हुन्थ्यो । यातायात (मोटरबाटो) को अभावले नै यात्रीलाई बढी असुविधा हुन्थ्यो ।
विक्रम सम्वत २०४२ सालमा पहिलो पटक तातोपानी कुण्डको व्यवस्थापनका लागि समिति गठन भएर सक्रियताका साथ कुण्डको व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले पुर्वाधार विकासका साथै स्नान (नुहाउने ) स्थल, खानेपानीको धारा मर्मत, नदी नियन्त्रण, आवत जावत गर्नका लागि बाटोघाटो, शौचालय, कुण्ड माथि ट्रष्ट राखी छाउने काम, कुण्ड वरिपरि वाल कम्पाउण्ड, नयाँ कुण्ड व्यवस्थापन समितिको कार्यालय भवन आदि निर्माण तथा मर्मत सुधार गर्दै आई रहेको छ । कुण्डमा आवतजावत गर्नका लागि यातायातको सुविधा भए पछि नुहाउने र बिरामीहरुको आगमन प्रायः बाह्रै महिना हुने गरेको छ । यस तातोपानी कुण्डमा प्रचुर मात्रामा विरे नुन र गन्धक सहित तातोपानी निस्कने र यसमा प्राकृतिक एन्टिवायोटिक हुने भएकोले बिरामीलाई आराम हुने,राहत दिने तथा एक व्यक्तिमा भएका कुनै पनि रोग अर्को व्यक्तिमा नसर्ने गरेको पाइन्छ । यस तातोपानी कुण्डमा रहेको पानीको तापक्रम ४६ देखि ४८ डि.सेल्सियस र मुलबाट निस्कदै गरेको पानी ५४ देखि ५७ डिग्री सेल्सियस सम्म रहने गर्दछ । त्यसैले यस कुण्डमा नियमित डुब्नाले ग्यास्ट्रिक, बाथरोग (यूरिक एसिड) ढाड दुख्ने, छाला सम्बन्धी विविध रोग,सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस रोग पनि निको हुने गरेको पाइन्छ । यहाँ डुब्न आउने रोगीको अवस्था र प्रकृति हेरेर कम्तिमा एक हप्ता देखि दुई हप्तासम्म नुहाउनु पर्ने हुन्छ ।
यसरी प्राकृतिक रुपमा सस्तो सुलभ ढंगले उपचार दिंदै आए पनि हालसम्म कतैबाट पनि सहयोग प्राप्त नभएकोले स्थानीय दाताबाट चन्दा, दान तथा नुहाउने पाहुनाहरुबाट प्रवेश शुल्क वापत प्राप्त हुने रकममा मात्र कुण्डका सम्पूर्ण आर्थिक क्रियाकलापहरु सञ्चालन गर्न बाध्य हुनु परेको छ । यस कुण्ड तातोपानीबासीको मात्र नभएर समस्त म्याग्दी जिल्लाकै र सबै नेपालीको महत्वपुर्ण प्राकृतिक सम्पत्तिको रहेकाले यसको संरक्षण, प्रर्वद्धन र विकास गरी प्राकृतिक उपचार प्रदान गर्दै पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । त्यसैले यस तर्फ स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार लगायत सम्वद्ध सम्पूर्ण निकायको ध्यान पुग्न जरुरी छ । यो एक किसिमको प्राकृतिक औषधालय भएकाले यसको व्यवस्थापन र संरक्षणमा चासो राख्नु हामी सबै नेपालीको कर्तव्य एवं दायित्व पनि भएकोले यस महत्वपूर्ण कार्यको लागि सबैको सुझाव, सल्लाह, सद्भाव, प्रतिकृयाको लागि प्रवुद्ध व्यक्ति, वुद्धिजीवि, भद्रभलाद्मी महानुभाव, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले हातेमालो गर्दै यसको संरक्षणमा लाग्न सकेको खण्डमा देशको लाखौ रुपैयाँ बच्ने र निशुल्क प्राकृतिक उपचारबाट रोग निको बनाई सहज जीवन जिउनमा यसले सहयोग पु¥याउने छ ।
बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डले मानव जीवनमा सकारात्मक प्रभावहरुनै बढी पु¥याएको छ । देशको समग्र विकास र दीगो विकासका लागि पहिलो पुर्वाधार जनस्वास्थ्य हो । त्यसैले बेनी नगरपालिकाको सिंगा तातोपानी क्षेत्रमा उक्त कुण्डले पारेको प्रभावको अध्ययनमा स्थलगत सर्वेक्षणबाट देखाएका तथ्यहरुलाई यसमा उजागर भएको छ । यस अध्ययनको प्रमुख उद्देश्य बेनी नगरपालिका ४ सिंगामा तातोपानी कुण्डले पारेको सामाजिक, आर्थिक प्रभावका तथ्यहरुमा केन्द्रित रहेको छ । अध्ययनको समग्र अवधारणाको आधारमा तातोपानी कुण्डकोे प्रभावले स्थानीय बासिन्दाको जीवनशैलीमा सकारात्मक परिवर्तन आउनुलाई जोड दिएको छ ।
यस कुण्डले अध्ययन क्षेत्रमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय पक्षमा सकरात्मक परिवर्तनहरु देखाएको छ र यस अध्ययनले यहाँ पारेका सकारात्मक तथा नकरात्मक प्रभावहरुलाई विश्लेषण गरी सत्य तथ्य कुरा बाहिर ल्याएर यस क्षेत्रको विकास कार्यमा केही हदसम्म सहयोग पुग्ने आशाका साथ समग्र बेनी नगरपालिका–४ का सबै टोलमा परेको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक, स्वास्थ्य क्षेत्रमा पारेको परिवर्तनको विश्लेषण गरिएको छ । यस्ता अध्ययन समाजशास्त्रीय तथा मानवशास्त्रीय विधिद्वारा उजागर गरी तातोपानी कुण्डको यथार्थ चित्रण गर्न थप सामग्री र अनुसन्धानकर्ता एवं नीति निर्मातालाई सहयोग पु¥याउने काम गरेको छ ।
यस अध्ययनमा तातोपानी कुण्डका कारणले परम्परागत तौरतरिका वा चाल चलन र व्यवहारमा आधुनिकता र परिवर्तन आई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रमा खाना खाने तौर तरिकामा परिवर्तन आएको छ । यस क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु आएर बस्ने भएकाले स्थानीयबासीलाई जीवनयापन सहज बनाएको छ । यहाँ सडक निर्माण पछि यातायातका विभिन्न साधनको सुविधा बढ्दै गएको छ । जसका कारण सिमेन्ट, बालुवा, गिट्टी, रड, इटा, ढुङ्गा ल्याउन सहज हुनाले घर बनाउने तरिकामा पनि परिवर्तन आएको छ । खरको छानो भएको घरमा ढुङ्गा वा टिनले छाउने, पक्की घर भवनहरु बनाउन थालेको पाइन्छ । यसैगरी व्यवस्थित र सुधारिएको चुल्हो, जुठ्याल्नो धाराहरु बनाउने क्रम पनि थपिदै आएको छ ।
आन्तरिक र बाह्य पर्यटकहरुको आगमनले गर्दा अध्ययन क्षेत्रमा मनाइने चाडपर्व, मेला, आदिमा पनि परिवर्तन आएको देखिन्छ । पहिलेदेखि पुर्खाहरुले मान्दै आएका चाडपर्वहरु आधुनिक शैलीमा मनाउन थालिएको छ । तर यसको नकरात्मक प्रभाव स्वरुप परापूर्व कालमा यस क्षेत्रमा निकै प्रचलित रहेको झाम्रे नाचगान अहिले आएर पूर्ण रुपले बन्द भएको र मेला, चाड पर्वमा गरिने नाचगानमा आधुनिक शैलीले ठाउँ ओगट्दै आएको पाइन्छ । यसैगरी परम्परादेखि अबलम्बन गर्दै आएका खेती गर्ने पद्दतीमा आधुनिकता र विविधिकरण आएको छ र कृषिको सट्टामा अन्य व्यवसाय, रोजगारीहरु, बैदेशिक रोजगारतर्फ मानिसहरु अग्रसर बनेका छन् । यहॉ संचारका साधनहरुको प्रयोग हुनु र फोनको पहुँचमा बृद्धि हुनु, बाहिरका अन्य व्यक्तिहरु र ठाउ‘–ठाउ‘मा सम्पर्क बढ्नुका कारण यहाँका व्यक्तिहरुमा आधुनिकिकरण र पश्चिमीकरणको प्रभाव परेको देखिन्छ । यसैगरी शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तन आएको देखिन्छ । शैक्षिक सामग्रीको प्रयोगमा बृद्धि, पाठ्यक्रम, पाठ्यपुस्तक र खेल सामग्री ल्याउन थालेको देखिन्छ । पहिला यस क्षेत्रमा खुल्ला ठाउँमा दिसा पिसाब गर्ने गरेकोमा अहिले सम्पूर्ण घरधुरीमा चर्पीको निर्माण भई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ भने सावुन पानीले हात धुने घरधुरीमा पनि बृद्धि भएको छ । पहिले कृषि र पशुपालन गर्ने घरधुरीहरु धेरै रहेकोमा हाल व्यापार, जागिर, बैदेशिक रोजगार र अन्य आयआर्जनमा जुटेका छन् । आधुनिक खेती प्रणाली अबलम्बन गरी कृषिमा आधुनिकीकरण र विविधिकरण गर्न थालेका छन् । कृषिमा आश्रीत घरधुरीहरुले सडक निर्माणपछि बैदेशिक रोजगार, निजामति सेवा, विभिन्न संघ संस्थामा नोकरी, सेना, पुलिसमा जागिर, लघुउद्यम, व्यापार व्यवसाय जस्ता क्षेत्रमा क्रमशः परिवर्तन आएको छ ।
बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डले वर्तमान समयमा नेपाली लगायत विश्वका झण्डै एक दर्जन देशका विभिन्न रोगका रागीहरु र आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आकर्षकको केन्द्र बनेको छ । यसका सकरात्मक प्रभाबहरुमा सस्तो सुलभ शुल्कमा प्राकृतिक उपचार प्राप्त गर्न सकिने भएकोले वृद्धवृद्धा, रोगीहरुको आकर्षणको केन्द्रको रुपमा यस तातोपानी कुण्डले सेवा पु¥याउँदै आएको छ । संकृतिको आदान प्रदान हुनुका साथै आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । व्यवसायमा विविधिकरणसँगै बहुपेशा प्रणालीको विकास भएको छ, जस अन्र्तगत उत्पादित बस्तु बजारमा बिक्री वितरण गरी आर्थिक उन्नतिमा बृद्धि भई जीवनस्तरमा क्रमशः सुधार हुँदै आएको छ । आधुनिक गाई र लोकल गाई भैसीको लोकल दुध–७० दही–९० भएकोले सस्तोमा पाइने गरेको छ ।
स्थानीय बजारमा कृषिका खाद्यबालीसँगै नगदे बाली, तरकारी, माछा पालन, कुखुरापालन, पशुपालन र फलफूल जस्ता उत्पादन तर्फ अग्रसर भएका छन् । तातोपानीको प्रभावले अध्ययन क्षेत्रका ब्यक्तिहरुको पेशामा आधुनिकीकरण र परिवर्तन भएको छ । परम्परागत पेशा अपनाउनेहरुले पनि नयाँ पेशा अपनाउन थालेको छ । परम्परागत पेशामा पनि आधुनिक प्रविधि भित्राइएको छ भने पेशाको विविधिकरणसंगै बैदेशिक रोजगार, सेना, प्रहरी, निजामति कर्मचारी, शिक्षक, ब्यापार, ब्यवसाय लगायतका क्षेत्रमा आकर्षण बढेको छ । अध्ययन क्षेत्रका महिलाहरुमा क्रमशः चेतना, धारणा र ब्यबहारमा परिवर्तन आएको छ र शिक्षा प्रतिको आकर्षणका कारण स्वावलम्बीपन देखिदैं आएको छ । शैक्षिक सामग्रीहरु समयमा नै उपलब्ध भई पठनपाठन कार्यमा सहजता आएको छ ।
अध्ययन क्षेत्रमा वातवरणीय सचेतना फैलिएको छ । जसबाट ब्यक्तिगत, घरायसी सरसफाईमा परिवर्तन आएकोले बाह्य आकर्षण पनि बढ्दै आएको छ । सहकारी संस्थाको स्थापनासंगै अध्ययन क्षेत्रका मानिसहरुमा बचत गर्ने बानीमा बृद्धि भएको छ ।
महिलाहरुले आफ्ना हक अधिकार र पहुँचमा आवाज उठाउन सक्षम भएका छन् । सडक निर्माणमा क्रमशः बजेट विनियोजन भएर काम हँुदै गर्दा विकासका अन्य पूर्वाधारमा बृद्धि हुदै आएका छन् । अध्ययन क्षेत्रका मानिसहरुले सीप विकास तालिम लिई ब्यापार, ब्यवसायबाट जिविकोपार्जन गरी उनीहरुको जीवनस्तरमा सुधार आएको छ ।
स्वास्थ्य सरसफाई र शिक्षाको गुणस्तरमा बृद्धि भएको छ । चाडपर्व मनाउने परम्परागत तरिकामा आधुनिकताले प्रबेश पाएको छ । अध्ययन क्षेत्रमा विकासका पुर्वाधारहरु जस्तैः स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार, शिक्षा जस्ता सबै सेवाहरुको उपलब्ध भई गाउँ शहरको रुपमा उन्मुख भएको छ । जग्गाको मूल्य बृद्धि भएका कारण जग्गा धितो राखेर ऋण लिई व्यापार व्यवसाय गर्न थालेका छन् । यस तातोपानी कुण्डका धेरै सकरात्मक प्रभावहरु भएता पनि कतिपय नकरात्मक प्रभावहरु पनि रहेका छन् । जसमा पोशाक, गरगहना र रहनसहनमा आधुनिकीकरण, पर संस्कृतिकरणको प्रभाव क्रमशः पर्न गई स्थानीय भेषभुषामा ह्रास आएको छ । आधुनिकताको नाममा फजुल खर्च बढ््रदै गएकाले धनी र गरिब बीचको खाडल असमान बन्दै गएको छ ।
बालबालिकाहरुले पढाईलाई भन्दा फेसन गर्न तर्फ बढी समय र धनको लगानी गर्ने गरेका छन् । जसले शैक्षिक बेरोजगार बढेको छ । आफ्नै गाँउ घरमा उत्पादित वस्तुको प्रयोग भन्दा बजारिया वस्तुको प्रयोगमा बृद्धि भएको छ । ड्राइ फुडका कारण स्वास्थ्यमा प्रतिकुल असर परेको देखिन्छ । अखाद्य चिज र बस्तुको लगानीमा फजुल खर्च बढेको छ । परम्परागत मूल्य मान्यता र रीतिरिवाज लोप हुने अवस्थामा गएका छन् । लागुपदार्थको दुव्र्यसनीमा युवा जमात फस्दै गएका छन् ।
सुधार गर्नुपर्ने कुराहरु
सामान तुरुन्त प्राप्त गर्न सहज भएको/अर्डर अनुसार ढुवानी सुविधा भएकाले नगदमा सामान पाइने सहज भएकाले व्यापार व्यवसायलाई आधुनिकिकरणक गरी आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्नुपर्ने । स्थानीय उत्पादन दुध,माछा, मासु एवम् साग सब्जी, गेडागुडी, सिमी, केराउ (रवैटो सिमी) आदिमा वृद्धि गरी स्थानीय परिकार तर्फ आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गरी रोजगारीका वैकल्पिक उपायहरु खोजिनु पर्ने । मानिसहरुको चाप बढ्दै छ । ग्याष्ट्रिक, वाथ, यूरिक एसिड, प्यारालाइसिस, पूर्ण निको, छालाको रोग आराम हुने अवस्था देखिन्छ । पानीको परीक्षण भएर आएको छ । रोग र उपचारका तरिकाहरुमा परिवर्तन भएको छ । छालाको सुरक्षा हुने भए पनि यूवतीहरु किन आउ‘दैनन् भन्दा सुविधा खर्चिलो हुने भएकोले । मनोरञ्जन सहितको उपचार हुने गरेको । भवन प्रयोग छन् किन÷कसरी प्रयोग गर्ने भन्ने विषयमा योजना बनाई अगाडि बढ्नु पर्ने र एउटा भवनलाई छाला सुरक्षा केन्द्रको रुपमा विकास गरी युवायुवतीलाई आकर्षण गर्नुपर्ने । वाफ थेरापी गर्न सकिने र विभिन्न प्रकृतिका विरामीहरुलाई स्वास्थ्य लाभसँगै मनोरञ्जन समेत दिन सकिने भएकोले यस तर्फ ध्यान दिनुपर्ने ।
पर्यटन मन्त्रालयबाट आउने मानिसहरुसँग सहकार्य गरी कुण्डलाई रकम छुट्टाउने व्यवस्था गर्न र छुुट्टै बढी पैसा तिरेर डुब्ने, मनोरञ्जन गर्ने व्यवस्थाका लागि अर्को भि.आइ.पि.कुण्ड निर्माण गर्न सके थप आम्दानीको स्रोत बन्न सक्ने तथा स्थानीय बजारमा पर्यटकहरुको बसाई लम्ब्याउन सकिने भएकोले यस तर्फ कुण्ड व्यवस्थापन समिति क्रियाशिल बन्नुपर्ने । यस तातोपानी कुण्डको अभिलेखिकरण, प्रचार प्रसार र वैज्ञानिक अध्ययनका लागि विज्ञ टोली गठन गरी सत्य तथ्यलाई खोज्ने प्रयास भए राम्रो हुने थियो । त्यसकारण सबैको ध्यान त्यस तर्फ जानु पर्ने देखिन्छ । स्वास्थ्य,धार्मिक पर्यटकहरुलाई फाइदा पुग्ने मनोरञ्जनात्मक कार्यक्रम समेत सञ्चालन गरी उनीहरुको मनोबल उठाउने, आन्तरिक र बाह्य सम्बन्ध स्थापित गर्ने÷गराउने तर्फ स्थानीयवासी,सरोकारवालालाई थप क्रियाशिल बनाउन उत्प्रेरित गर्नुपर्ने ।
यस कुण्डको थप प्रचार प्रसारका लागि अनुसन्धानात्मक पुस्तक प्रकाशन गर्ने, विभिन्न लेखहरु प्रकाशन गरी त्यसको अभिलेख राख्ने, तातोपानी कुण्ड सम्बन्धमा युवा पुस्तालाई आकर्षण गर्न हाजिरी जवाफ प्रतियोगिता गरी राम्रो व्यवस्थापन गर्नुपर्ने । नुहाउने स्थान नजिक तातोपानीको मूल खेर गएको अवस्थामा तिनीहरुको उचित व्यवस्थापन गरी कुण्डमा आउने विरामीहरुको चापलाई व्यवस्थापन गरिनु पर्ने । उपल्लो तातोपानी बजारको तल्लो भाग ठाँटीबाट कुण्डसम्म जान आउन विरामीलाई असुविधा भएकोले बाटो निर्माण गर्नुपर्ने ।
सिंगा तातोपानीको तल्लो बजार र उपल्लो बजारमा ढल निकासको व्यवस्थापन गर्नुपर्ने । बेनी नगरपालिकाको बेनी बजारदेखि बेनी नगरपालिका ४ सिंगा तातोपानीसम्म बाटो पिच गरी बाह्रै महिना सहज यातायात चल्ने व्यवस्था गर्नुपर्ने । म्याग्दी नदीको किनारमा वारीपारी दुबै तर्फ तातोपानीका थुप्रै मूलहरु भएकोले ती मूलहरुको संरक्षण गरी एकीकृत गरिनु पर्ने । तातोपानी कुण्डमा चिसो पानीको समेत उचित व्यवस्था गर्नुपर्ने । तातोपानी कुण्डमा रहेको बाहिरी धारोको नजिक शौचालयको समेत व्यवस्था गर्नुपर्ने । म्याग्दी खोलाको किनारमा तटबन्ध गरी तातोपानीको मूलको संरक्षणसंगै ¥याफ्टिङ,वोटिङ तथा माछा पालन सम्बन्धि थप व्यवसायलाई वैज्ञानिकिकरण गर्नुपर्ने ।
कुण्डमा नुहाउन आउने पाहुनाहरुलाई तातोपानीको तल्लो बजारदेखि माथिल्लो बजारसम्म साँझपख तथा रातीमा ओहोर–दोहोर गर्न असुविधा भएकोले बाटोमा सोलार सडक बत्तीको व्यवस्था गरिनु पर्ने । खोला गहिरिदैं जाँदा तातोपानीको मूल पनि भासिने सम्भावना भएकोले खोलामा गिटी बालुवा उत्खननमा रोक लगाई ड्याम निर्माण गर्न सकेमा मूल भासिने सम्भावना पनि कम हुने र पर्यटकीय हिसाबले मनोरञ्जनात्मक स्थल निर्माण हुन जाने भएकोले यसतर्फ शिघ्र योजना बनाउनु पर्ने । यस कुण्डको दीगो रुपमा विकास गर्न स्पष्ट गुरुयोजना बनाई अगाडि बढ्नु पर्ने तथा दातृ संघ संस्था,स्थानीय,प्रदेश र केन्द्रिय सरकारसंग समन्वय गरी कुण्डलाई नेपालकै स्मार्ट प्राकृतिक उपचार केन्द्रको रुपमा विकास गर्न सबै सरोकार निकायको सक्रिय सहभागिता आवश्यक देखिन्छ ।
यहॉको भौगोलिक संरचना अनुसार स्वास्थ्य क्षेत्रमा यस कुण्डले पारेको सामाजिक आर्थिक प्रभावको अध्ययन विश्लेषण गरी समय सापेक्ष सुधार गर्न कुण्डको माध्यमबाट सर्वसाधारण, गरीब, असहाय, अपांग, दीन दुखी नेपालीहरुको उपचार केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेकाले यस तर्फ सम्बन्धित निकायलाई सजग तुलाउने तर्फ यो शोधपत्र केन्द्रित रहेको छ । नेपाली जनताहरु लाखौंको संख्यामा उपचारको खोजी गर्दै विदेशमा जादाँ देशबाट वर्षेनी करोडौं रुपियाँ बाहिरिने भएकोले प्राकृतिक चिकित्सा सस्तो सुलभ,प्रतिकुल असर नगर्ने तर्फ स्थानीय सरकार,सम्वद्ध निकायले समयमै योजना बनाई यसको संरक्षण, प्रर्वद्धन, विकास गरेमा मात्र देशको स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको विकाससंगै देशको पर्यटन व्यवसाय समेत बलियो हुन जाने देखिन्छ ।