मुस्ताङको थासाङमा १५ घरघुरीलाई ओखरका विरुवा

सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङको थासाङ गाउँपालिका वडा नं.२ का १५ घरधुरी किसानले आईतबार दाँते ओखरका विरुवा पाएका छन् । टर्कीबाट आयातित उन्नत फेनर जातको करिव ९ सय १६ वटा दाँते ओखराको बिरुवा ओमविकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानको समन्वयमा हस्तान्तरण गरिएको हो ।

दाँते ओखर उत्पादनले प्रसिद्ध मानिएको मुस्ताङको थासाङका किसानबाट विरुवा माग भएपछि कृषि ज्ञान केन्द्र मुस्ताङको सिफारिसमा प्रतिष्ठानले ओखरका विरुवा बितरण गरेको प्रतिष्ठानकी अध्यक्ष शवी शेरचनले जानकारी दिईन् ।

थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनको प्रमुख आतिथ्यतामा उपाध्यक्ष बालकुमारी शेरचन ,वडाध्यक्ष नरप्रसाद हिराचन र कृषक ईन्जिनीयर रामकृष्ण शेरचन लगायतको उपस्थितीमा थासाङका किसानलाई विरुवा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष शेरचनले कृषकहरुको आर्थिक उपार्जनका लागि सरकारले विभिन्न कार्यक्रम संञ्चालन गरिरहेकाले कृषकहरु संम्वन्धित निकायमा समन्वय गर्न आग्रह गरिन् ।कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले किसानलाई उपलब्ध विरुवामा केन्द्रले अनुदान दिने बताए ।

यता ,प्रतिष्ठान मार्फत किसानलाई हस्तान्तरण गरिएको दाँते ओखरका विरुवामा अनुदान सहुलियत प्रदान गर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । समुन्द्री सतहको १२ सय मिटर उचाई देखि २६ सय मिटरको अग्लो उचाईमा फेनर जातको दाते ओखर खेती गरिन्छ । यसअघि स्याउँ खेती गरिएको मुस्ताङको थासाङमा जलवायु परिवर्तनका कारण तापक्रम बढेपछि स्याउ खेती छोडेर स्थानीय किसानले ओखरको खेती गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *