सुपथ मुल्य पसल: साठी रुपैयाँका लागि घण्टौको लाईन !

उदेक लाग्दो दृश्य त सुपथ मुल्य पसलमा एकै व्यक्ति, एकै परिवारका धेरै जना दैनिक दोहोरिरहेका हुन्छन् । दोहोरिनेमा सामान्य, गरिब, बिपन्न परिवारका भन्दा बजारमा ठुला घर घडेरी भएका अनुहार बढी देखिने गरेको छ ।|’

आदर्श अनलाईन, बागलुङ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले चाडपर्वको अवसरमा सञ्चालन गरेको सुपथ मुल्य पसलमा दैनिकजसो उपभोक्ताको दिनभर भीड छ ।

बागलुङ बजार र आसपासबाट आउने उपभोक्ता नुन चिनी लिन बढ्दो गर्मी र लामो लाइनको सकसको प्रवाह गर्दैनन् । उपझोक्ता दिनभर लाइनमा बसेर चिनी तथा नुन खरिद गरिएकोमा निकै खुशी समेत देखिन्छन् । अझ रोचक र उदेक लाग्दो दृश्य त यो पनि देखिन्छ, त्यहाँ सुपथ मुल्य पसल भएकाले एकै व्यक्ति, एकै परिवारका धेरै जना दैनिक दोहोरिरहेका हुन्छन् । दोहोरिनेमा सामान्य, गरिब, बिपन्न परिवारका भन्दा बजारमा ठुला घर घडेरी भएका परिवारका अनुहार बढी देखिन्छन् । कतिपयले खरिद गर्न नचाहनेलाई समेत आँफ्ना लागि ल्याउने भन्दै लाइनमा राख्न लैजान्छन् ।

तर, उपभोक्ताले यो हिसाव गरेका होलान् त ? बजारका जुनसुकै पसलमा पाइने दर रेटमा भन्दा सुपथ मुल्य पसलमा दिइने ६ किलो नुन चिनीमा जम्मा ६० रुपैयाँ फरक पर्छ । ८० रुपैयाँमा घर नजिकैको पसलमा पाइनी चिनी डिपोले जम्मा ८ रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ । बजार मुल्य २२ रुपैयाँ रहेको नुनलाई १८ रुपैयाँमा बिक्री बितरण हुन्छ । एक जना उपभोक्ताले एक पटकमा ६ किलो चिनी र तीन किलो नुन प्राप्त गर्दछन् । चिनीमा ८ रुपैयाले ६ केजीको ४८ र नून चार रुपैयाले तीन केजीको १२ रुपैया नाफा हुन्छ ।

बिभिन्न निकायले नागरिकको राहतका लागि दिने थोरै राहत अनुदान प्रति पनि नागरिकको कति ठुलो आशा र भरोसा छ भन्ने यसले पुष्टि गरेको स्थानीय रामबहादुर खत्री बताउँनुहुन्छ । ‘यो ६० रुपैयाँ सामान्य नागरिकका लागि ठुलो रकम र राहत हो,’ खत्रीले भन्नुभयो,‘तर यसका लागि आँफ्नो इमान, इज्जत सबै भुलेर पटक पटक लिन आउनेहरुले निकै ठुलो दर रेटमा अन्तर भएको महुशुस गर्नुभएको जस्तो लागेको छ, रकमको मात्रामा हिसाव गर्नु र दोहोरिएर गइरहँदा कसैले देख्या या थाहा भयो भने इज्जतको मुल्य महंगो पर्न सक्ने प्रति सचेत हुन आवश्यक छ ।’

सुपथ मुल्य पसलमा सस्तोमा नुन चिनीको कारोबार मात्र होइन, हामी नेपाली नागरिकको नियत, खराब सोच र प्रवृत्ति कुन हद सम्म छ भन्ने समेत प्रष्ट देखिएको छ । सुपथ मुल्य पसलबाट हाल सम्म सम्म १५ हजार २ सय ७२ जनाले सेवा लिएको कार्यालय प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । हाल सम्म ४४ हजार ३६ केजी नुन तथा ९१ हजार २७८ केजी चिनी डिपोबाट बिक्रि भइसकेको छ । जसवाट ७३ लाख ६७ हजार ८ सय ८४ रुपैयाँको कारोबार भएको छ । दैनिक एक हजारको हाराहारीमा उपभोक्ता सेवा लिन पुग्ने गरेका छन्उ ।

परिवारको एक जनालाई एक पटक मात्र नून चिनी वितरण गर्ने नीति भए पनि दोहोरिएर आउने समस्या रहेको श्रेष्ठले बताउनुभयो । ‘दोहोरिएर आउने समस्याबारे हामीलाई पनि जानकारी छ,’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, ‘प्रहरी र कार्यालयका तर्फबाट समेत धेरै प्रयास गरेपनि दोहोरिएर आउने मानिसको पहिचान र कडाई गर्नमा समस्या भइरहेको छ ।’ यसका बाबजुद पनि दोहोरिएर आउने कतिलाई फिर्ता समेत गरेको उहाँको भनाई छ । कार्यलय प्रमुख श्रेष्ठले सुपथ मुल्यमा खरिद गरेको नून तथा चिनी कतिपयले बिक्री वितरण समेत गरेको गुनासो आएको उल्लेख गर्दै यसको आवश्यकता अनुसार अनुगमन समेत गरिने जानकारी दिनुभयो ।

कार्यालयले उपभोक्तालाई राहत दिनका लागि विगत सात वर्षदेखि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको छ । सुपथ पसल आगामी कात्तिक १७ गते सम्म सञ्चालन हुनेछ । सार्वजनिक विदाको दिन बाहेक १० वजेदेखि साँझ ५ बजे सम्म नुन तथा चिनी खरिद गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *