प्रचण्ड पक्षधरनै मूल पार्टी हो : नेता देबेन्द्र पौडेल

आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य देबेन्द्र पौडेलले नेकपाको पक्षमा आएको जनमतलाई सरकारले जोगाउन नसकेको बताउनुभयो । उहाँले प्रचण्ड पक्षधर नेकपानै मूल पार्टी रहेको भन्दै ओली गुटको नेकपाबाट खारेज गरिएको दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि बागलुङ प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्ड पक्ष नेकपाको गण्डकी प्रदेश इन्चार्ज समेत  रहनुभएका नेता पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बजरंगबलीको शैलीमा चल्दै आएको आरोप लगाउनुभयो ।

ओलीका चेलाहरु ढिलो चाडो मूल धारमा आउने दाबी गर्दै उहाँले ढिलो हुँदा पछुताउनुपर्ने भन्दै छिट्टै मुलधारमा आउन आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *