देश अकल्पनीय खतराको मुखमा : नेता भूषाल

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री घनश्याम भुषालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि बागलुङ प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुषालले संसद विघटनले मुलुकलाई अस्थिरतामा लगेको बताउदै प्रधानमन्त्री केपी ओलीको कदम नरकको यात्रा रहेको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले बैशाखमा कुनै हालतमा चुनाव गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । पूर्व कृषि मन्त्री समेत रहनुभएको नेता भूषालले जनताले धेरै दुख गरेर निर्माण गरेको संविधानलाई घायल बनाएको बताउदै बारुदको गोदाममा ओलीले आगो लगाएर देशलाई खतरामा पु¥याएको बताउनुभयो । ‘ओलीले जनतालाई भेडा सम्झनुभएको छ, जनताले दिएको जनमतलाई जुवा खेलेमा परिणत गरिएको छ’ नेता भुषालले भन्नुभयो ‘उहाँकै पक्षमा अदालतले निर्णय गरे देश सकिन्छ, ओलीलाई जनताले सत्ताबाट सडकमा ल्याउछन् ।’

आँफू कृषि मन्त्री हुँदा कृषिमा केही सकरात्मक काम गर्न थालेको भएपनि केपी ओलीका कारण सफलता पाउन नसकेको आरोप अगाउदै मन्त्री भूषालले कृषिमा सरकार वेखवर बनेको बताउनुभयो । आफैले बनाएको संविधानमाथी कुठारापात गर्ने ओलीलाई अनैतिकको सजाय दिनुपर्ने उहाँको जिकिर रहेको छ ।

नेता भूषालले पार्टी एकता गर्दा गरेका सम्झौता ओलीकै कारण तोडिएको भन्दै ओलीको निरङ्कुश तन्त्रको छिट्टै अन्त्य हुने बताउनुभयो । कार्यक्रम गर्नुअघि प्रचण्ड–माधव पक्षधरले ¥याली सहित बजार परिकर्मा गरेका थिए ।

कार्यक्रममा राष्ट्रियसभा दलका नेता दिनानाथ शर्मा, नेकपाका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज वलावती शर्मा, जिल्ला नेता तथा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर, जिल्ला नेता श्री प्रसाद शर्मा, हिरा बहादुर के.सी लगायतले बोल्नुभएको थियो । कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, सचिव ज्ञामनाथ गैरेको गैरेको सञ्चालन तथा कार्यालय सदस्य लाल बहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *