प्रधानमन्त्रीले गायक शर्मालाई बालुवाटार बोलाए : सहयोगका बारेमा सम्वाद

आदर्श अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्मालाई आइतबार दिउँसो आफ्नै निवास बालुवाटारमा बोलाएर भेट गर्नुभएको छ ।

जनगायक शर्माका छोरा निर्मल आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले उहाँसँग भेट गर्नुभएको हो। शर्माका माइला छोरा आचार्यको अन्न नलीमा हाडले प्वाल पारेपछि अवस्था गम्भिर रहेको र अहिले उपचाररत हुनुहुन्छ ।

शर्मासँगको भेटमा प्रधानमन्त्री ओलीले छोराको उपचारका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । भेटका क्रममा गायक जीवन शर्माले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे सोध्नुभएको थियो । भेटमा शर्माले तत्कालका लागि सहयोगको आवश्यक नरहेको प्रधानमन्त्रीलाई बताउनुभएको थियो ।

पछिल्लो समय शर्माको छोराको उपचारका लागि देश बिदेशमा स्वतस्फुर्त सहयोग अभियान सञ्चालन गरिएको छ । शर्माले केही युट्युव च्यानलले अनावश्यक शिर्षक राखेर आँफ्नाबारे गलत सन्देश प्रवाह गरेकोमा भने असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *