रामकुमारी झाक्रीलाई कारबाहीको माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल महिला संघ (अनेमसंघ) बागलुङले राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्थामाथी निर्वतमान सांसद रामकुमारी झाक्रीले चरित्र हत्या गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ ।

बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै अनेमसंघका केन्द्रीय सदस्य हुमादेवी खड्काले नेकपा नेतृ झाक्रीको अभिव्यक्ती अपत्तिजनक भएको बताउनुभएको थियो ।

उहाँले कुनै पनि व्यत्तिको चरित्र हत्या हुने गरी गाली बेइज्जती, गाली लाञ्छना लगाउँनेलाई कानुनको दायरामा ल्याउनु नेपाल सरकारको जिम्मेवारी भएको भन्दै देशकै अभिभावक राष्ट्रपति माथिको नेतृ झाक्रीको अभिव्यत्तीको तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो ।

ज्ञापन पत्रमा माघ १६ गते गोरखाको सिरानचोकमा भएको राजनितीक कार्यक्रममा नेतृ झाक्रीले राष्ट्रपति संस्थाको मान मर्यादा र गरिमामा आँच पु¥याउँने अभिव्यत्ती दिएको उल्लखे गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *