औंसीमा हलो किन र केका लागि बार्नेः एक वैज्ञानिक रहस्य

भूमिश्वर गैरे
आज चन्द्रमास अनुसार माघ कृष्ण औसी (माघे औंसी) सुर्योदय विहान ०६ः४६ बजे भई सक्यो भने सुर्यास्त साँझ ५ः५१ मा हुने छ । माघ कृष्ण औसी रात्री १२ः१२ बजे सम्म रहेको छ भने श्रवण नक्षत्र दिउँसो १ः५९ बजे सम्म चतुष्पद करक १२ः२४ बजे सम्म र त्यसपछि नाग कामको कारक रात्री १२ः१२ बजे सम्म रहेको मकर राशीमा चन्द्रमा रहेको पंचाङ्ग देखिन्छ ।

आज माघे औंसी दर्श श्रध्द हले तथा तिथि बनै भनेर पंचाङ्गमा उल्लेख गरिएको छ । हाम्रो जस्तो पराम्परागत कृषि प्रधान देशमा औंसी र पूर्णीमा हलोबाटै कृषि कार्यहरु नगर्ने प्रचलन हाम्रा पुर्खाहरुले अति वैज्ञानिक देखिन्छ । शास्त्रीय प्रमाणको आधारमा विभिन्न मतहरु भएको पाईन्छ । तीनै शास्त्रीय मतहरु मध्ये यस पंक्तिकारले केही मतहरु यहाँ प्रस्तुत गर्ने जमर्को गरिरहेको छ । धर्म सिन्धु पृष्ठ ९४ मा औंसीको विषयमा यसरी बताएको छ ।
ज्ञिमुहूर्ता बसेदर्के त्रिमुहूर्ता बसेन्जले ।
त्रिमुहूर्ता बसेत्गोषु त्रिमुहूर्ता वनस्पतौ ।।
वनस्पति गते सोमे उपन्न हान यस्थ बाध्वोनिता
निरासा पितर तस्थ दश वर्षनि पश्चयेत ।।

औंसीका दिनमा चन्द्रमा ३ मुहूर्ता सम्म सूर्यमा तीन मुहूर्त सम्म जलमा तीन मुहूर्त सम्म गाईमा र तीन मुहूर्त सम्म बनस्पतीमा आएका हुनेछन् । चन्द्रमा वनस्पतीमा आइरहेको बेलामा यस्थ बाहना बर्जिता भनिएकोमा हलो जोतिएछ भने निरासा पितर तस्थ दश वर्षनि पश्चयेत भनेर उक्त दिन पितृहरु देवतालाई दाहिने राखेर आफ्ना सन्ततीको बासस्थानमा आइरहेका हुन्छन् । यदि उक्त औसीका दिनमा जोतिएछ भने त्यस घरबाट देवताहरु फर्कन्छन् र पितृ पनि बाध्य भएर फर्कनु पर्ने हुन्छ र फर्कन्छन् । त्यस घरमा १५ वर्ष सम्म देवता र पितृले फर्केर पनि हेर्दैनन् । यसरी देवता र पितृ रिसाए पछि त्यस घरमा घर गोठ सबै अन्धकारमय हुन्छ र रोग, शोक र भोकले भयाकुल बन्दछ भनिएको छ ।

त्यस्तै श्रद्धाका दिनमा पितृहरु गोठमा आइरहेका हुन्छन् । त्यसैले, जोत्नु हुँदैन भन्ने प्रमाण पश्च ऋषि पञ्चमी ब्रत कथाले श्लोक ४२/४३ मा यस्तो बताएको छ ।
तयोः सेवदतोरेवं माता पित्रोश्य भारत ।
श्रुखा पुत्रास्तथा वाक्य यद्दुत्तं च तडोभयो ।।
पिचरौ तौ विदिला तु दत्तवान सूमतिस्तदा ।
तस्या रान्यमा ताकाल डदौ तस्थ चं भोजनम ।।

अर्थात पिताको श्रद्धाको दिनमा श्रद्धाकर्म गरि सके पछि आफ्नै गोठमा बाँधिएको गोरु लगेर खेतमा जोतेपछि बेलुका घर गोठमा आउँदा बुहारीबाट फुटिएकी कुकुर्नी रुपी आमा गोरु रुपी पितासँग विलौना गर्दा सुमित भन्ने छोराले यी त मेरै माता पिता पो रहेछन् भन्ने बुझी अपराधले गर्दा मेरा माता पितालाई यस्तो अवस्थामा बस्नु प¥यो । भलै बुझ्दै जाँदा आमाले लोवती भएको बेलामा छत छुत गरेको दोषले त्यो कष्ट भोग्नु परेको थाहा पाइ आफ्ना माता पिताको उद्दारको लागि दम्पतिले सहित भै ऋषि पंचमिको ब्रत गरी पितृ उद्दार गरेको पंशंग ऋषि पंचमिको ब्रत कथामा पाइन्छ ।

यसरी शास्त्रीय माध्यमबाट पितृहरुको शान्तीको लागि औसी पूर्णीमा, श्रद्धा, रुद्री एंव ध्वतारि कार्यहरु गरिने दिनमा जोत्नु वा कृषि कार्यहरु गर्नु हँुदैन भन्ने प्रमाणहरु भेटिन्छन् भने अर्काे वैज्ञानिक कारण पनि के छ भने औसीका दिनमा सुर्य र चन्द्रमाले एउटै राशीमा भ्रमण गरी रहेको हुन्छन् । अन्तरिक्षमा बाबा बरण प्रदुषित भईरहेको हुन्छ । यस्तो अवस्थामा गोरु हलो तथा मिनिटेलर हलो लगायतका सम्पूर्ण कृषि कर्महरु गरियो भने त्यसबाट हुने उत्पादनको भोजनबाट खराब बिचार आउने, रोग व्याधीले आक्रमण गर्ने, उक्त अन्न हवतादि कार्यमा प्रयोग गर्दा पनि थप वातावरण पद्धति गराउने हुँदा औसी पूर्णिमा लगायत अन्य हलो बन्नु पर्ने दिनहरुमा हलो, मिनिटेलर हलो लगायतका सम्पूर्ण कृषि कर्महरु गर्न निषेध गर्नु पर्दछ । आज भोली हलो गोरुका लागि बानै हो, मिनिटेलर हलोले जोत्न कोही हुँदैन भनेर औसी पूर्णिमाका दिनमा पनि जताततै मिनिटेलर हलोको प्रयोग गरि रोपाई गरी रहेको देखिन्छ । यो सरासर भूल र अल्प विद्या भयंकरीको पराकाष्ठा नै हो ।

त्यस्तै एकादशी ब्रतको सम्बन्धमा अघिल्लो दिन दशमीले पुरै दिन भोग गरेको छ र एकादशीको दिनमा पनि ४५ घडी (१८ घण्टा) भन्दा बढी एकादशीको तिथि रहन्छ भने एकादशीको ब्रत उपबास दशमीको पर्सिपल्ट द्वादशीको दिनमा बस्नु पर्दछ । अर्थात् दशमीले युक्त भएको एकादशीको ब्रतले पुण्यको १० गुणा पाप निम्त्याउँछ ।

यसरी औसी पूर्णिमा हलो बार्नु पर्ने र एकादशी ब्रत उपबासको सम्बन्धमा विभिन्न बैज्ञानिक रहस्यले युक्त भएका शास्त्रीय प्रमाणहरु पाइन्छ । त्यसैले यस्ता हाम्रा पूर्विय मान्यताका रितिरिवाजहरुको संरक्षण गरिनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *