टाइगर कपः आर्मीलाई फेरि हराएर उपाधि जित्ने दाउमा गण्डकी

आदर्श अनलाइन, पोखरा
घरेलु मैदान र दर्शकको साथ पाएको गण्डकी प्रदेश पुरूष टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘प्रथम टाइगर कप राष्ट्रिय क्लब महिला तथा पुरूष भलिबल च्यम्पियनशीप’को फाइनलमा पुगेको छ ।

शुक्रबार भएको खेलमा संस्करणकै बलियो टिम मानिएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–0 को सोझो सेटमा पन्छाएपछि गण्डकी उपाधिको दाबेदार भएको छ । गण्डकीले एपीएफलाई २५–२१, २९–२७ र २५–१४ को सेटमा हराएको हो ।

अब उपाधिका लागि गण्डकीले शनिबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ । आर्मीले आज भएको खेलमा नेपाल प्रहरीको चुनौतिलाई पन्छाउँदै फाइनलमा पुगेको हो । यसअघि राउन्ड रोबिनमा आर्मी गण्डकीसँग पराजित भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *