नेकपा केपी ओली पक्षले पनि मनाए बागलुङमा जनयुद्ध दिवस

आदर्श अनलाइन, बागलुङमा
नेकपा केपी ओली पक्षले शनिवार बागलुङमा जनआन्दोलन तथा जनयूद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनआन्दोलनमा सहिद भएकी बागलुङ नगरपालिका वडा नम्वर ९ का बिमला सार्कीका आमा दिपमाया सार्कीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले जनयुद्धले सामन्तबाद, अन्याय, अत्याचारको जरा खलबलाउने काम गरेको बताउनुभयो । विकास र समृद्धिको नेतृत्व अब प्रचण्ड, माधव नेपालले गर्न नसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वबाट मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने दाबी गर्नुभयो ।

प्रचण्डलाई जनयूद्धको नेता मान्न तयार भएको तर यसलाई जनयूद्ध वर्षको एक पटक मात्र मनाउनका लागि नभएको भन्दै जनआन्दोलनले उठाएका एजेण्डा र सहिदको सपनालाई प्रचण्डले सम्बोधन गर्न नसक्ने नेपालीको भनाई थियो । क्रान्तिको नेतृत्व मात्र गरेर नहुने भन्दै क्रान्तिबाट भएको उपलब्धीको रक्षा गर्न प्रचण्ड असमर्थ भएको हुदाँ केपी शर्मा ओलीले अहिले प्राप्त उपलब्धिको सहित समृद्धि सम्भव तुल्याउने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य नरबहादुर थापा, निर्वतमान संघीय संसद तथा नेकपाका केन्द्रीय सदस्य सूर्य पाठक, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, नेकपाका केन्द्रीय सदस्य कृष्ण केसीले जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धीलाई संस्थागत गरेरै देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम नेकपा जिल्ला कार्यालय सदस्य कृष्ण पाठकको अध्यक्षता, गण्डकी प्रदेश सांसद सावित्री रानाको स्वागत मन्तव्य र नेकपा जिल्ला सदस्य दिपक गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *