बागलुङमा भजन कलाकारको संगठित स्वर

राजु खड्का
हाम्रो सनातन धर्म, मौलिक संस्कृति,परम्परा र सभ्यतालाई भजनमा देख्न सकिन्छ । भजनले ज्ञान, सत्य र उर्जालाई उजागर गर्दछ । हाम्रो समाजमा प्राचीनकालदेखि नै मठ मन्दिर, देवी देउराली स्थापना गर्ने र त्यहाँ भजन किर्तन गर्ने स्थापित परम्परा रहेको छ । भजन किर्तनले हाम्रो मन खुसी र उत्साहित हुन्छ । मन सकारात्मक हुन्छ । चिन्ता र तनाव हराउँछ । भावनात्मक उत्साह, उमंग र खुसी भजनमा छ । साँच्चै भन्ने हो भने भजन किर्तन हाम्रो मौलिक र धार्मिक संस्कार हो । जब हामी मन्दिरमा जान्छौं, त्यहाँ भजन सुन्छौँ । चौतारी, पोखरी, ताल, नदी, पाटी पौवा, शुभ कार्य तथा घर आँगनमा समेत भजन सुन्छौं । यो नै हाम्रो पहिचान हो । वास्तवमा भजनको महत्व र अर्थ धेरै छन् ।

No description available.

हाम्रो भजन किर्तनको यति धेरै गुण र बिशेषता हुँदा–हुँदै पनि पछिल्लो समयमा भजन किर्तन हराउँदै जाने हो की भन्ने चिन्ता थपिएको छ । मौलिकताले ठाउँ छोड्ने हो कि अर्को चिन्ता । साँच्चै हाम्रो भजन संस्कृति जोगाउने हो भने यसलाई व्यवसायिक रूपमै अगाडी बढाउनु पर्ने देखिएको छ । भजनलाई व्यावसायिक रूपमै लैजान बागलुङ कालिका मन्दिरमा पछिल्लो समयमा केही सकारात्मक प्रयासहरू शुरू पनि गरिएका छन् । कालिका भगवती गुठीको यो प्रयासले सकारात्मक नतिजा दिनेमा यस क्षेत्रका सहभागी भजन कलाकारले विश्वास लिएका छन् ।

No description available.

प्रस्तुत छ भजन किर्तनलाई व्यवसायिक बनाउने कालिका भगवती गुठीको अभियानका क्रममा हालै गठित राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मानका क्रममा ब्यक्त बिचारः

टेक बहादुर केसी संगम अब ३०/३५ जनाको जिल्ला स्तरीय भोजनको टिम बनाउँछौं । भजन किर्तनमा समर्पित ब्यक्तित्वहरुको साथ पाएका छौं ।भजनलाई माया गर्ने सबैको सम्पर्कमा हामी पुग्छौं । सिकेको अरूलाई सिकाउने, नजानेको सिकेर अगाडी बढ्छौं । स्थानीय भजनलाई लिपिबद्द गरिनेछ । भजनलाई समेटेर केही गिती एल्बम सार्वजनिक हुदै छन् । यो क्रमलाई निरन्तरता दिने छौं ।बागलुङ कालिकाको भजन किर्तनले हामी सबैलाई निकै प्रेरित गरिरहेको छ।अब भजन बागलुङमा ब्यवसायिक रूपमै अगाडी बढ्छ । हामीलाई सबैको साथ र सहयोग यतिबेला चाहिएको छ ।

No description available.

गुणनिधी शर्माः
मेरो बुबाको प्रेरणाले म भजनलाई छोड्न सक्दिन । बुबाको साथमा मैले मादल,मुजुरा, खैजडी बजाउन सिकें । बिचमा रोकिएको मेरो भजन यात्रा ५,७ बर्ष देखी कालिका मन्दिरबाट फेरि शुरू भयो । भजनले मलाई आत्मा बिश्वासी बनाउदै लगेको छ । जनसम्पर्क बढेको छ। अब म बाचुन्जेल भजन छोड्दिन ।भजन मनोरन्जन र ज्ञानको भण्डार हो । अब हामी हाम्रो टिमलाई व्यावसायिक रुपमा अगाडी लैजान्छौ । राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने र भाग लिने योजनामा छौं ।

दुर्गाबहादुर आचार्यः
म अहिले ८२ बर्षको छु । मैले भजनलाई रोजेको ६५ बर्ष भयो । पहिला पहिला हामी पुजाआजामा भजन गाउन निस्कन्थ्यौं । म पहिला खैजडी बजाउने गर्थे । त्यतिबेला भोजनमा हामी शास्त्रको बयान गरेर गाउँथ्यौं । विहान बेलुका भजन किर्तन गर्ने हाम्रो संस्कार पनि हो । अब भजनमा अवसर खोज्नेलाई हामीले सु–अवसर दिनु पर्छ । भजनलाई सरकारले नै संरक्षण गर्नु पर्ने हो । भजन गाउन सजिलो पनि छैन । यो बिधीले गाउनु पर्छ । अहिले सबै उमेरका मान्छे भजनमा लागेको देख्दा खुशी लागेको छ ।

पार्बती केसीः
अब भजन किर्तनलाई जोगाउन नयाँ, पुराना सबै पुस्ता लाउन जरूरी छ । यो भजन यति महत्वपूर्ण छ कि मानिस जन्मदा, बाँच्दा र मृत्युमा समेत चाहिने र सुहाउने रहेछ । हामी हाम्रा बालबच्चालाई पनि भजन संस्कृति सिकाऔ । सामूहिक रूपमा लाग्न सके र मेहनत गरेमा भजनबाट जीवन चलाउन पनि सकिन्छ ।

लक्ष्मी पौडेलः
यो कलियुगमा भजन किर्तनको धेरै महत्वपूर्ण स्थान रहेको छ । मलाई भजनमा रहँदा निकै आनन्द आउँछ । अब हामीले यो भजनलाई देशव्यापी बनाऔँ । अहिलेका मान्छेले भजनबाट मात्रै आत्म शान्ति पाउन सक्छन् । धर्म र भजनलाई संगसंगै लैजानु आजको आवश्यकता हो ।

रिना केसीः
म लोक तथा दोहोरी गायिका हो । अहिले भर्खरै भजन टिममा पनि प्रबेश गरेको छु । केही दिनअघि देखी भजन किर्तन कार्यक्रमहरुमा सहभागी हुँदा निकै खुशी लागेको छ। लोक संस्कृति र भजन संस्कृतिलाई जोगाउन मैंले निरन्तर सक्रिय भूमिका खेल्ने छु ।

कुसुम बुढाथोकीः
लोकगितसंगै भजनमा पनि मैले सकेको योगदान दिने सोच बनाएको छु। भजनका अग्रजहरुले देखाएको बाटोमा हिड्छु । सबैको सहयोगको अपेक्षा गर्दछु ।

विष्णुकुमारी श्रेष्ठः
म ४,५ बर्ष देखी भजन किर्तन क्षेत्रमा लागेको छु। बागलुङ कालिका मन्दिरको टिमबाट उत्साहि छु । अब भजनलाई ब्यवसायिक बनाउने योजनाले झनै आशाबादी छु । तुलकुमारी क्षेत्रीः हामी सिक्दै पनि छौं । टीममा रहदा निकै उत्साह थपिएको छ । सामूहिक सहभागिताले क्षमताको समेत विकास भैरहेको छ ।

जेनिसा पुनः
बागलुङ कालिका तथा जैमिनिको टीममा रहेर नृत्य प्रस्तुत गर्दा मेरो नयाँ परिचय बनेको छ । युवाहरूलाई भजन किर्तनमा प्रेरित गर्न सके संस्कृति संरक्षणमा महत्वपूर्ण उपलब्धि हुन्छ । भजन किर्तनमा नृत्यको पनि महत्वपूर्ण भूमिका रहन्छ ।

भिमनाथ गौतमः
लोक संस्कृतिको एउटा बिधा भजन हो । शास्त्रको ब्याख्या भजनमा हुने भएकाले यसको झनै महत्व छ । यसले पर्यटन विकासमा पनि योगदान दिन सक्छ । अब ओझेलमा परेका भजनका प्रतिभाको खोजी गर्नु पर्छ । धर्म संरक्षणमा पनि भजनले योगदान दिन्छ । भजनका कलाकारहरुले शास्त्रको अध्ययन गर्न आवश्यक छ । अब बागलुङलाई लोक भोजनको जिल्लाको रूपमा पनि चिनाउन हामी सबै लागौं ।

विष्णु सापकोटा बाजेः
हाम्रो संस्कार संस्कृति अनुसार टोल–टोलमा भजन किर्तन हुने गर्दथे । अहिले भजनलाई व्यवसायिक रूप दिन नसक्दा लोप हुने अवस्थामा आयो । भजनलाई व्यवसायिक रूपमै लैजान सके यसले राम्रो गति लिन सक्ने देखिन्छ । पहिला भजन गाउनेले पाउने भनेको रोटी र चिउरा थियो । अहिले ती रोटी चिउरा खाएर कसले भजन गाउन सक्छ ? भजनलाई ब्यवसायिक रुपमा लाग्नेले धेरै गर्न सक्छन् भने अन्य पेशा ब्यवसाय संचालन गरेकाले पनि भजन किर्तनलाई योगदान दिन सक्छन । अहिले भजनलाई संरक्षण गर्न सबैको योगदान जरुरी छ ।

मेघनाथ शर्माः
भजन संरक्षणका लागि जैमिनि तथा बिनामारेमा समिति बनाइएको छ । तेहा ४२ जना सक्रिय छन । अग्रजको भूमिका राम्रो थियो, मेरो नी रहन्छ र नयाँ पुस्ताको पनि रहने अपेक्षा गर्दछु ।

विष्णु पाठकः
मौलिक संस्कृति कहिल्यै नघटोस । भजन संरक्षण र यसको ब्यवसायीकताका लागि केही एल्बम पनि निकालेको छु ।हामीले पशुपतिनाथ तथा बागलुङ कालिका मन्दिरमा भजन किर्तन गर्न पाउनु निकै गौरबको कुरा हो ।भजन बिकासका लागि भैरहेको नयाँ बहससंगै बनेको टिममा रहन पाउँदा खुसी लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *