बाढीले बगर बोबाङको विद्यालयलाई रोटरी र रोट्याक्टको सहयोग

आदर्श अनलाइन,बागलुङ

जिल्लाको पश्चिम ढोरपाटनका नगरपालिका वडा नम्बर ९ बोबाङ स्थित बाढीले बगर बनेको विद्यालयलाई रोटरी र रोट्याक्ट क्लबको सहयोग गरेको छ ।

बोबाङ स्थित बाढीले बगर बनेको विद्यालयमा अध्ययरनत जनचेतना प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थी अहिलेको कठ्यांग्रिने जाडोमा पनि भूईँमा बसेर पढ्न बाध्य भएको समाचार सार्वजनिक पछि रोटरी क्लब अफ बागलुङ र रोट्याक्ट क्लब अफ बागलुङले पुरै विद्यार्थीलाई बसेर पढ्न पुग्ने पिफर्म, चार थान ह्वाइट बोर्ड लगायतका सामग्री प्रदान गरेको छ ।

उक्त सामग्री सोमबार बोबाङ पठाउने गरि रोटरी क्लबका अध्यक्ष दयाराम पौडेल, रोट्याक्ट क्लबका अध्यक्ष ताराप्रसाद शर्मा लगायतले नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो । क्लबबाट प्राप्त सहयोग सामग्री सोमबारनै विद्यालयमा पठाइएको महासंघका अध्यक्ष शिरीषले बताउनुभयो ।

‘हामी अघिल्लो साता बोबाङको यो स्कुलमा पुग्दा साना बालबालिका यस्तो चिसो मौसममा पनि भूईँमा बसेर पढेको पढाएको उदेक लाग्दो दृश्य देख्यौ र रिर्पोटिङ पनि गरेको थियौ,’अध्यक्ष शिरीषले भन्नुभयो,‘यो पढेर तस्बिर र भिडियोमा देखेर क्लबका तर्फबाट सहयोग गर्नुभयो, यो रकमका हिसाबले ठूलो नलाग्न सक्छ, तर बाढी प्रभावित विद्यालय र विद्यार्थीका लागि ठूलो राहत मिल्नेछ ।’

विद्यालयमा सरोकारवालाको संवेदनशीलता नदेखिँदा साना बालबालिकाले चिसो भूईमा पढ्नुपरेको र पढाउने ह्वाइट बोर्ड लगायतको समस्या देखिएकाले सामाजिक उत्तरदायित्व र सद्भावका लागि सहयोग गरिएको रोट्याक्ट क्लब अफ बागलुङका अध्यक्ष ताराप्रसाद शर्माले बताउनुभयो ।

रोटरी क्लबले ७ हजार बराबरको पिफर्म सहयोग गरेको छ भने रोट्याक्ट क्लबले १३ हजार बढीको सहयोग गरेको जनाएको छ । नेपालकै एक मात्र शिकार आरक्ष जाने बाटोमा पर्ने बोबाङको यस स्कुल भएको क्षेत्रमा सबैजसो सिजनमा चिसो ज्याँदा हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *