पहिलो पटक कोरोना खोप : अनुभव र आशा

कोरोना महामारीको कारण विश्वभर त्रास छाइरहेको समयमा कोभिड विरुद्धको खोप आयो । विश्वका विभिन्न देशमा कोरोनाको खोप प्रयोगमा आइसक्दा पनि नेपालमा भने खोप कहिले आउने ? कसले पाउने भन्ने बारेमा अन्यौलता थियो । तर, भारत सरकारले नेपाललाई अनुदान स्वरुप कोभिड विरुद्धको खोप दिएपछि माघ १४ गतेबाट पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई खोप लगाउन सुरु गरिएको छ । कोभिड विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी र कर्मचारीसँग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानीः

डा. मिलन श्रेष्ठ
धौलागिरी अस्पताल, बागलुङ

कोरोना महामारी नेपालमा आएको ११ महिना भएपछि नेपालमा पहिलो पटक खोप आउँदा स्वास्थ्यकर्मी भएको हैसियतले निकै खुशी थिए । कोरोनाले गर्दा मानिसहरु आतंकित हुनु परेको थियो । तर ढिलै भएपनि खोप आयो । हाम्रो लागि खोप आउनु पनि ठुलो कुरा थियो । तर, हामीले सुरुमै लगाउन पाउदा झन उत्साहित थियौ । नेपाल सरकारले फ्रन्ट लाईनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईमा खटिनु भएका, स्वयम सेवक लगाएतलाई प्राथामिकतामा पारेर पहिलो चरणको खोप लगाउन भनेपछि हामी स्वास्थ्यकर्मीमा थप हौसला मिलेको थियो । कोरोना महामारी नेपालमा भित्रिना साथ हामी स्वास्थ्यकर्मीले दिन रात नभनी आफ्नो कर्तव्य निभाएका थियौ । त्यही स्वरुपम सरकाले हामीलाई पहिलो चरणमै खोप लगाउन भन्दा हामीले खुशी महशुस गरेका थियौ कि हाम्रो लागि सरकारले सोच्दो रहेछ भनेर । खोप लगाउने भनेर सबै स्वास्थ्यकर्मीको नाम टिपोट गरीयो र माघ १४ गतेबाट बागलुङ लगाएत देश भरि खोप लगाउन शुरु गरिएको थियो । त्यही क्रममा मैले पनि खोप लगाए । मनमा केही डर थिएन । किनकी हामी स्वास्थ्यकर्मी हौ । हामीलाई खोपको बारेमा जानकारी हुन्छ । ध्ज्इ को मान्यता प्रप्त खोप भएकाले सुरक्षीत छ भन्नेमा ढुक्क थियौ, खोप लगाएपछि काम गर्न थप हौसला, उत्साह थपिएको छ ।

कोरोना खोप परिक्षणको क्रममा छ भन्ने हल्ला सुन्नमा आउछ । तर, त्यो गलत हो । कोरोना खोप एक सय प्रतिशत सुरक्षीत छ । तर, खोप लगाउदा साधारण रियाक्सन (प्रतिक्रिया) हुन भने सक्दछ । त्यो मलाई पनि भएको थियो । खोप लगाएको ४८ घण्टा सम्म ज्वरो आउने, बान्ता हुने हुन सक्छ । त्यो हुँदैमा डराउनु पर्ने हुदैन् । हामीहरुले सामजिक सञ्जालमा बिभिन्न कुराहरु देखिरहेका छौ, तर तिनीहरु भ्रम मात्र हुन ।

तर हामीहरुले कोरोना खोप लागाउँदैमा अब कोरोना हुँदैन भन्न मिल्दैन् । पहिलो चरण र दोस्रो चरण गरेर कोरोना खोप दुई पटक लगाउनु पर्दछ । हामीहरुले कोरोना खोप लगाए पछि माक्स नलगाउने, सुरक्षा नपनाउने हो भने हामीलाई पनि कोरोना हुन सक्दछ । पहिलो पटकको खोप लगाउदा शरिरमा तत्काल एन्टीबोडी उत्पादन गराउने काम गर्दछ । दोस्रो खोप लगाउदा पनि शरिरमा एन्टीबोडीनै उत्पादन गर्ने हो । हामीहरुले खोप लगाउदा बित्तिकै हामी सुरक्षीत छौ भनेर लापरबाही गर्नु हुदैन । तर, सबै मानिसले खोप लगाउने हो भने कोरोना भाइरस उत्पन्न हुँदैन् कोरोना भाइरस कसैको पनि शरिरमा नभएपछि हामीहरु सबै सुरक्षीत हुन्छौ भन्ने हो । कोरोना खोप लगाउदा कोरोना भाइरस लाग्ने सम्भावन काम हुन्छ भन्ने हो तर अब कोरोना लाग्दै लाग्दैन भन्ने होइन ।

दिलबहादुर केसी
मालपोत अधिकृत
मालपोत कार्यालय बुर्तिबाङ, बागलुङ
मालपोत कार्यालय सबै भन्दा भिडभाड हुने ठाउँ भएकाले सबै भन्दा असुरक्षित हामी छौ जस्तो मलाई लाग्दछ । कोरोना नेपालमा आए संगै विभिन्न गतिविधीहरु भईरहेका छन् । देशभरी लकडाउन भयो । लकडाउनले गर्दा सेवा ग्राहीले आफ्नो काम गर्न नपाउदा धेरै काम थुप्रियका थिए । लकडाउन खुल्दा साथ सेवाग्राहीको मालपोतमा भिड हुन थाल्यो । हामिहरुले जस्तो अवस्थामा पनि सेवा दिनु पर्दछ । हामी जनतालाई सेवा दिनका लागी मालपोतमा बसेका हौ । तर, सेवाग्राहीलाई भने वास्तै नहुने । माक्स, सेनिटाईजर प्रयोग गर्नुहोस, सामाजीक दुरी कायम गर्नुहोस भन्दा सुनेको नसुनै गरेको धेरै पाइयो । हाम्रो बुर्तिवाङमा बागलुङ बजारको मालपोत कार्यलय जस्तो बार नभएकाले हामीहरु प्रत्यक्ष रुपमा भेट हुने भएकाले असुरक्षीत थियौ । कोरोना खोप कहिले आउला भनेर कुरेर बसेका थियौ । नेपालमा खोप आउन साथ निकै खुशी लागेको थियो । खोप लगाउन पाउँदा झन खुशी भएको छु ।

कोरोना खोप नेपालमा आउदा साथ विभिन्न किसीमका हल्ला सुन्नमा आयो । तर, यसको परिक्षण नभए सम्म सरकारले नपाल भित्राएन भन्ने मलाई लाग्दछ । यो खोप लगाएपछि शरिरमा एन्टीबोडी उत्पन्न हुन्छ भनेर डक्टरले भन्नु भएको थियो । मैलो हिजो मात्र खोप लगाएको हुँ । खोप लगाए पछि आदा घण्टा सम्म आराम गर्न भन्नुभएको थियो । आराम गरेर आफै बाईक चलाएर घर आएको हुँ । मलाई त्यस्तो केही रियाक्सन अहिले सम्म भएको छैन् । कोरोना खोप लगाउदैमा कोरोना नलाग्नेनै भन्ने हुदैन् तर खोप लगाए पछि शरिरमा एन्टीबोडी उत्पादन गर्दछ रे अब फेरी अर्को डोज पनि लगाउनु पर्दछ भन्नुभएको छ डक्टरले । राज्यले सबै जनलाई कोरोना खोप लगाउन सम्भव भएमा सबैजना सुरक्षित हुनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ । कोरोनाले नेपालमा धेरै मानिसको ज्यान लगेको छ । यसले गर्दा खोप आयो भन्दैमा लापरबाही भने गर्नु हुँदैन् । सुरक्षित भएर आफ्नो दैनिक काम गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

मुना थापा मगर
कर्मचारी बागलुङ नगरपालिका

मैले हिजो मात्र पहिलो पटक कोरोना खोप लगाएको हुँ । कोरोना खोप लगाउन पाउदा खुसी लागेको छ । हामी भिडभाडमा काम गर्नु पर्दछ । जोखीम धेरै भएकाले होला चाडो कोरोना खोप लगाउन पाएका छौ हामीले । स्वास्थ्यकर्मी पछाडी हामीले खोप लगाउन पाईयो । हामी प्रत्यक्ष रुपमा काम गर्ने भएर होला सरकारले हामीलाई खोप लगाउन अनुमती दिएको । यसले गर्दा हामी निकै खुसी छौ । मलाई कोरोना खोप लगाउन भन्दा पहिलो कस्तो होला लगाएर भन्ने मनमा लागेको थियो । सुरुमा खोप आउन साथ धेरै कुरा सन्न पनि पाएका थियौ । कोरोना खोप लगाउदा ज्यान समेत जाने हल्ला थियो । तर, त्यो सबै गलत रहेछ । खोपले त हामीलाई झन सुरक्षीत बनाउदो रहेछ । खोप लगाए पछि मलाई त्यस्तो केही भएन् । हुन त डक्टरले ४८ घण्ट सम्म शरिरमा खोपको रियाक्सन हुन सक्दछ भन्नु भएको थियो । तर, अहिले सम्म त्यस्तो केही भएको छैन् । कोरोना खोप लगाएपछि आदा घण्टा आराम गरेर अफिस आएर काम सुरु गरेको हँु मलाई त्यस्तो अफ्ट्यारो महशुस भएन ।

कोरोना खोप लगाएपछि मैले यो खोप त सबैले लगाउनु पर्ने खोप रहेछ भन्ने कुरा महशुस गरेको छु । त्यस कारणले सरकारले सबै नेपालीलाई कोरोना खोप लगाउने वातावरण सृजना गर्नु पर्दछ भन्ने मलाई लागेको छ र नेपाली जनता सामु के कुरा पुग्नु पर्दछ भने कोरोना खोपको बारेमा जती पनि हल्ला फैलाइएको छ त्यो सबै गलत हो । यो खोप जति सक्दो छिटो जनतालाई लगाउनु पर्दछ भन्ने मलाई लागेको छ ।

शिव केसी
सिनियर अहेव ,धौलागिरी अस्पताल,बागलुङ
कोरोना खोप भनेको कोरोना भाइरसलाई निस्क्रिय बनाएर हाम्रो शरीर भित्र राख्ने भन्ने हो । त्यसले गर्दा खोप लगाए पछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, बान्ता आउने हुन्छ । मैले लागाउदा पनि यी सबै लक्षण देखा परेको थियो । हामी स्वास्थ्यकर्मी भएकाले खोप लगाउनु पर्दछ भन्ने मान्यता राख्दछौ । खोप बनेपछि विभिन्न चरण पार गरेर सफल भएपछि मात्र मानिसलाई लगाइएको हो । त्यस कारणले हामी ढुक्क छौ । सरकारले हामीलाई पहिला सुरक्षित बनाउनु पर्दछ भनेर हामीलाई लगाएको जस्तोे महशुस गरेका छौ । फ्रन्ट लाईनमा बसेर कोरोना महामारी सँग हामीहरु दिनहुँ लडि राखेका छौ । हामीलाई सरकारले खोप लगाउने कुरामा प्राथामिकतामा राखेकाले खुशी छौ ।

कुनै पनि खोप, कुनै पनि औषधिको सामान्य रियाक्सन हुन्छ । त्यसले गर्दा हामीहरु डराउनु पर्दछ जस्तो लाग्दैन । कोरोना खोप सबैले लगाउनु पर्दछ । एक, दुई जनाले खोप लागाउदैमा सुरक्षित भइन्छ भन्ने हुँदैन । सबै जनाले खोप लगाए पछि मात्र हामी सबै सुरक्षित भइन्छ । त्यस कारणले सरकारले अब छिट्टै सबैलाई खोप लगाउने वातावरण बनाउनु पर्दछ जस्तो मलाई लाग्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *