धवलागिरि बहुमुखी क्याम्पसको ५८ औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ

धवलागिरि बहुुमुखी क्याम्पस बागलुङको ५८ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममलाई सम्बोधन गर्दै त्रिभुन विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुषालले त्रिभुन विश्व विद्यालयले उत्पादन, रोजगार र खोज अनुसन्धान मुखि कार्यक्रम ल्याउने बताउनुभयो ।

उहाँले विश्व विद्यालयको हालसम्मको पाठ्यक्रम अधिकांश अप्राबिधिक विषयलाई प्राथमिक दिँदैआएकोमा अब प्राबिधिकसँग जोडेर कार्यक्रम ल्याउने तयारी भएको बताउनुभयो ।

प्रा.डा भुषालले धौलागिरी क्याम्पसले प्राबिधिक धार अन्तरगत कृषि, वन, चिकित्सा, इन्जिनियरिङ संचालन गर्न चाहेको खण्डमा आफूहरुले कार्यक्रम दिन तयार भएको बताउनुभयो ।

उहाँले फरक प्रसंगमा बोल्दै लामो समयदेखि रोकिएको स्ववियूको निर्वाचन आगामी जेठ÷असार भित्रमा गराउने घोषणा समेत गर्नु भयो । भुषालले विद्यार्थी नेता र विश्व विद्यालयको आपसी तालमेल नमिल्दा समयै स्ववियू निर्वाचन हुन नसकेको दुवै पक्षको समझदारीमा निर्वाचन गराउने प्रतिबद्धता गर्नुभयो ।

देशको सबैभन्दा पुरानो र ठूलो विश्विद्यालय भएकाले यसमा रहेका समस्याहरुलाई समाधान गर्न दृढता साथ अगाडी बढिरहेकोे बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्थानीय निकायसंग सहकार्य गरेर यसलाई अझ सम्पन्न बनाउनु पर्ने बताउनुभयो । उहाँले अबको शिक्षा प्राबिधिक, जीवन उपयोगी र रोजगारमुलक हुनु पर्ने बताउनुभयो ।

पृथ्वीनाराण क्याम्पसका प्रमुख प्रा.डा सरोज कोइरालले धवलागिरि बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पस गण्डकी प्रदेशका दिदीबहिनी क्याम्पस भएकाले शैक्षिक तथा भौतिक विकासमा सहकार्य गर्ने प्रतिवद्धना व्यक्त गर्नु भएयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङका इन्चार्ज बलावती शर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, राष्ट्रिय जनामोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा बा.न.पा–२ का अध्यक्ष जीवन आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, त्रिवि कर्मचारी संघ क्याम्पस सभापति शिवप्रसाद पाध्या, प्राध्यापक संघका सभपति विजयराज पन्त, म्याग्दी बहुमुखी क्याम्पस बेनी व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्मा, स्ववियु सभापति मनबहादुर थापा ‘मनिष’, पूर्व स्ववियू सभापति चिरञ्जिवी गौतम, अनेरास्ववियुका केन्द्रीय सदस्य जीवन शर्मा, नेपाल विद्यार्थी संघका क्याम्पस एकाइ अध्यक्ष दिनेश पन्त लगायतले बोलेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा रामप्रसाद उपाध्यायले क्याम्पसको प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा विभिन्न कार्यक्रम, खण्ड र तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

यस क्याम्पस २०१९ सालमा धवलागिरि महेन्द्र इन्टर कलेजका रुपमा स्थापना भएको थियो ।कार्यक्रम सहायक क्याम्पस प्रमुख ध्रुवराज गौतमको स्वागत, सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कंडेल र हरिप्रसाद पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *