सुन्तलाको उत्पादन बढाउन कृषकलाई व्यवहारिक तालिम


आदर्श अनलाइन, बागलुङ

सुन्तलाको उत्पादन बढाउनका लागि यहाँका कृषकहरुलाई व्यवहारिक तालिम प्रदान गरिएको छ । निरोगी सुन्तलाको बोट र गुणस्तरीय सुन्तला उत्पादनका लागि कृषकहरुलाई चार दिने स्थलगत तालिम प्रदान गरिएको हो । सुन्तला गाउँका रुपमा रहेको बागलुङ नगरपालिका–८ सिगानाका तीन पालिकाका अगुवा सुन्तला कृषकहरुलाई सुन्तला बगैचा व्यवस्थापन तालिम प्रदान गरिएको हो ।
कृषि ज्ञान केन्द्र बागलुङको सहजीकरण, बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको सहयोग, श्री गणेश कृषि सहकारीको सहजीकरण तथा कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्र पोखराको आयोजनामा चार दिने स्थलगत सुन्तला बगैचा व्यवस्थापन तालिम सम्पन्न गरिएको हो । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुङ्गानाले कृषकहरु एकजुट भएमा मात्रै कृषकका समस्या पहिचान गर्न सहज हुँने बताउनुभयो । कार्यक्रममा बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा जिल्लाको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका २५ अगुवा सुन्तला कृषकहरुको सहभागीता रहेको थियो । सुन्तला वगैचा व्यवस्थापन तालिममा सुन्तलाको नर्सरी स्थापना, बोट काँट छाट, विरुवा कलमी गर्ने तरीका, सुन्तला टिप्ने देखि भण्डारण गर्ने, निरोगी सुन्तला बनाउन उपचार गर्ने तरिका सिकाइएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो । तालिममा जैमिनी नगरपालिकाबाट ७, काठेखोला गाउँपालिका बाट ५ र बागलुङ नगरपालिकाबाट १३ जना अगुवा सुन्तला कृषकहरु सहभागी रहेका थिए । कृषकहरुलाई सुन्तला बगैचामै लगेर गुणस्तरीय सुन्तला उत्पादन गर्नका लागि आवश्यक कुराहरु प्रयोगात्मक विधीबारे सिकाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *