उपल्लो मुस्ताङको चराङमा ५ शैयाको अस्पताल भवन बनाउन जग्गादान

सुन्दरकुमार थकाली, जोमसोम
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा ५ शैयाको अस्पताल भवन निर्माणका लागि स्थानीय ७९ वर्षीया वृद्धा कर्साङ ठकुरिले ५ रोपनी १४ आना नीजी जग्गादान गरेकी छ्न। स्थानीय तहमा अस्स्पताल निर्माणका लागि जग्गा नहुदा समस्या परेपछि ७९ वर्षिय ठकुरिले अस्पतालका लागि जग्गा उपलब्ध गराएकी हुन ।

यस्तै अस्पताल निर्माणका लागि अमेरिकामा बसोवास गर्ने मुस्ताङिले आर्थिक सकलन गरि थप ३ रोपनी जग्गा उपलब्ध गराएको गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । बिहिबार ७९ बर्षिया ठकुरिले गाउँ मुखिया माया बिष्ट ,समाजसेवी छेवाङ बिष्ट , वडध्यक्ष टसि ढिन्डुक ठकुरी र परिवारजनको उपस्थितिमा लोघेकरका गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

अध्यक्ष बिष्टले अस्पताल निर्माणका जग्गादान गर्ने परिवार तथा अमेरिकामा रहेका प्रवासी मुस्ताङिलाई धन्यवाद ब्यत्त गरे ।उनले अस्पतालका लागि ढिलै भएपनी जग्गा उपलब्ध भएको र आगामी आर्थिक वर्ष अस्पताल भवन निर्माण तथा ५ शैयाको अस्पताल भवन स्थापना गर्न पहल गरिने बताए ।

यस्तै जग्गादानकर्ता ७९ वृद्ध ठकुरिले गाउमा जग्गा नहुदा अस्पातल बनाउन अप्ठयारो परेको सुनेकाले सबैको समन्वयमा आफ्नो नामको नीजी जग्गादान गरेको सो अवसरमा बताईन ।उनले गाउमा चाडैं अस्पताल बनेमा उपल्लो भेकका जनताले स्वास्थ्य सुविधा पाउने अपेक्षा गरिन ।

सरकारले ग्रामिण क्षेत्रका जनतालाई आधारभुत स्वास्थ्य सेवा सुविधाको पहुच पुर्याउने उद्देश्यले चालू आर्थिक वर्ष मुस्ताङको लोमान्थाङ ,वारागुङ मुत्तिक्षेत्र गापामा ५/५ शैयाको र थासङ गापामा १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरेको थियो ।तर चालू बर्ष लोघेकर गापालाई अस्पताल भवन निर्माणका लागि बजेट पर्न सकेन ।

आधारभुत अस्पताल भवनका लागि वारागुङ र थासाङमा अस्पताल भवन निर्माणका लागि शिलन्यास गर्ने काम सम्पन्न भैईसकेको छ । फोटो क्याप्सन : चराङमा अस्पताल भवन निर्माणका लागि जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै ७९ वर्षिया वृद्ध कर्साङ ठकुरि

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *