अहिलेकाे लडाई संविधान जोगाउने र भत्काउने बीच भएको हो-सापकोटा

कमल पौडेल, बडिगाड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका जिल्ला कमिटि अध्यक्ष इन्द्रलाल सापकोटाले वर्तमान लडाइ संविधान जोगाउने र भत्काउने बीच भएको बताउनु भएको छ।

नेकपा (प्रचण्ड माधव समुह) को आयोजनामा गल्कोट नगरपालिका ११ रिघामा भएको अगुवा कार्यकर्ता भेलामा जिल्ला अध्यक्ष सापकोटाले संविधानले प्रधानमन्त्रिलाई संसद विघटनको अधिकार नदिएको भन्दै अहिले विधिको पक्षमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ।

चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएपनि मध्यावधि निर्वाचन कसैको हितमा नहुने ठोकुवा गर्नुभएको छ। झण्डै दुई तिहाई मत नेकपाले पाएको भन्दै प्रदेश सांसद समेत रहनुभएका सापकोटाले अहिलेको आवश्यकता शान्ति, स्थीरता र विकासको भएको तर विचैमा संसद विघटन गर्नु प्रतिगमन भएको बताउनु भएको छ। जनताको भावना विपरित गरेको कामले देशलाई अग्रगमन तर्फ नभई पश्चगमन तर्फ लैजाने तर्क गर्नुभएको छ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा बागलुङ जिल्ला कमिटि कार्यालय सदस्य फमलाल न्युरे, जिल्ला कमिटि सदस्य बुल बहादुर केसि, चन्द्रदत्त रेग्मी, अनेरास्ववियु जिल्ला संयोजक मिलन काउचा, गनपा नगर सदस्य गंगा श्रीस, नेकपा सल्लाहकार सदस्य शस बहादुर घर्ति लगाएतले बोल्नु भएको थियो।

भेलाले प्रधानमन्त्रि केपि शर्मा ओलीले पौष ५ गते गरेको प्रतिनिधि सभा विघटन गलत भएको भन्दै सो कदमको विरोध गर्ने निर्णय गर्दै वडा भित्र सवै कार्यकर्ता एकतावद्ध हुने निर्णय गरेको छ। भेला नेकपा वडा कमिटि अध्यक्ष श्यामलाल विकको अध्यक्षता, गनपा नगरसचिव तथा वडा अध्यक्ष डम्बर बहादुर श्रीसको स्वागत मन्तव्य तथा नारायण घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *